जिल्ला स्तरीय खुल्ला वक्तृत्वकलामा प्रथम ढुङ्गेललाई प्रदेश स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अबसर


राजन बस्नेत
दोलखा १९ जेष्ठ । जिल्ला युवा समिति दोलखाको आयोजनामा आयोजित जिल्ला स्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा सहिद स्मृति आवसिय मावि जिरीकी मेलिशा ढुङ्गेल प्रथम स्थान हात पार्न सफल भए सगै बागमती प्रदेश स्तरको प्रतियोगितामा समेत प्रतिस्पर्धा गर्न दोलखा बाट प्रतिनिधित्व गर्ने भएकि छन् ।
युवा र नवपर्वतन शिर्षकमा आयोजना गरिएको प्रतियोगितामा सहिद स्मृति आवसिय मावि जिरीकी मेलिशा ढुङ्गेल प्रथम,पशुपति कन्या मन्दिर मावि चरिकोटको विपना नेपाली द्वितिय र मेलुङ गाँउपालिकाका सुदिप कुमार कार्की तृतिय स्थान प्राप्त गर्न सफल हुनुभएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाभरीका २० जनाको सहभागिता रहेको प्रतियोगीतामा विजयी प्रतियोगीहरुलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, कालिञ्चोक माविका प्रधानाध्यापक शम्भु गौतम, कालिञ्चोक गाँउपालिकाको शिक्षा शाखा प्रमुख रोशनी आचार्य, सर्व मावि जिलुको प्रधानाध्यापक विश्वमणी चौलागाई, भीम माविको नेपाली शिक्षक समिरा वस्नेत, भिम थापा लगायतको सहभागिता रहेको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...