तामाकोशी नदीमा मृत फेला परेका सवारी चालकलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय आन्दोलमा

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत
दोलखा १० जेष्ठ । तामाकोशी नदीमा मृत फेला परेका सडक डिभिजन कार्यालय दोलखाका सवारी चालकको परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले आन्दोलन सुरु गरेका छन् ।

मृतक सडक डिभिजन कार्यालय चरिकोटका सवारी चालक थिए । कार्यालयको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै परिवारजन र आफन्तजन आन्दोलनमा उत्रिएका हुन । पीडित परिवारले उचित क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ ।
मृतकका आफन्तले सडक बिभागका ठेकेदारको आग्रहमा चालक नारायण थामी काम गर्न गएकोले मृत्यु भएको बताएका छन् । उनीहरूले क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय चरिकोट परिसरमा प्रदर्शन गरेका छन् । ठेकेदार झिकाएर आफूहरुको माग सम्बोधन गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । चालकले पाउने बिमा वापतको रकम मृतकका परिवारले पाउनुपर्ने उनीहरूको माग छ । डाईभरको मृत्यु शंकास्पद भएकोले पीडितले न्याय पाउनुपर्ने भन्दै टायर बालेर प्रर्दशन भएको हो ।

भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका ३६ बर्षिय नारायण थामी जेठ ८ गते मृत फेला परेका थिए ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.