दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ।

शनिबार अपराह्न ४ बजे ६८ वर्षीय चन्द्र बहादुर थामीले आफ्नै बुहारी नाता पर्ने ५१ वर्षीया देउमाया थामीलाई खुकुरी र ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए।

वडा नम्बर ५ स्थित बलम्बुमा भएको उक्त प्रहारबाट देउमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना लगत्तै फरार भएका चन्द्र बहादुरको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख मनोज कुमार लामा र इलाका प्रहरी कार्यालय सिंगटीको संयुक्त टोली तत्काल परिचालन गरिएको थियो।

प्रहरी निरीक्षक बिष्णुहरि फुँयालको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा साँझ ५:३० बजे उनलाई घटनास्थलबाट करिब ४ किलोमिटर दक्षिण कालिन्चोक–६ लेप्टुङस्थित अधेरीखोलाको खोल्चाबाट नियन्त्रणमा लिएको दोलखा प्रहरीले जनाएक्ल छ।

पक्राउ परेका थामीको साथबाट हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद भएको छ। निजलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.