५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता
कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापातिर २३ जिल्ला सभापति देखिन्छन् । तनहुँ, कपिलवस्तु र दाङका जिल्ला सभापतिहरूले भने आफूहरू कुनै पक्षमा नरहेको र चारतारे कांग्रेसमा रहेको प्रक्रिया नयाँ पत्रिकालाई दिएका छन् ।
देउवातिर खुल्नेमा कोशीका १०, मधेशका आठै, बागमतीका आठ, गण्डकीका ६, लुम्बिनीका दुई,कर्णालीका नौ र सुदूरपश्चिमका आठ जिल्ला सभापति छन् । गगनतिर कोशीका चार, बागमतीका पाँच, गण्डकीका चार, लुम्बिनीका आठ तथा कर्णाली र सुदूरपश्चिमका एक–एक जिल्ला सभापति छन् ।
१४ जिल्ला रहेको कोशीमा चार जिल्ला सभापति गगन पक्षतिर खुलेका छन् । बाँकी १० जिल्ला सभापति भने देउवातिर छन् । सभापतिहरू तेह्रथुमका अर्जुन तुम्बाहाम्फे, धनकुटाका दिनेश राई, भोजपुरका विनोद वान्तबा र (गगन) उदयपुरका हिमाल कार्की गगनतिर लागेका हुन् ।
मधेश प्रदेशका सभापति र आठै जिल्ला सभापति देउवातिर लागेका छन् । महोत्तरीका सभापति नागेश्वर यादवले आफूहरू व्यक्तिभन्दा पार्टीको पक्षमा रहेकाले विशेष महाधिवेशनको पक्षमा नलागेको बताए । ‘चुनावको मुखमा पार्टीको महाधिवेशन गर्नु प्राविधिक रूपमा उचित थिएन, त्यसकारण चुनावपछि वैशाखमा गर्ने तय भयो । तर, त्यो कुरालाई नमानेर एक पक्षले पार्टी नै फुटाउनेसम्मको हर्कत गरे,’ उनले भने ।
१३ जिल्ला रहेको बागमतीमा आठ जिल्ला सभापति देउवातिर लागेका छन् । बाँकी पाँच जिल्ला सभापति भने गगनतिर लागेका छन् । सभापतिहरू काठमाडौंका कृष्ण बानियाँ सबुज, ललितपुरका जितेन्द्रकुमार श्रेष्ठ, काभ्रेपलाञ्चोकका तीर्थ लामा, सिन्धुपाल्चोकका जंगबहादुर लामा र रसुवाका पेम्बाछिरिङ तामाङ गगनतिर छन् ।
काभ्रेपलाञ्चोक सभापति तीर्थ लामाले कांग्रेस विधानसम्मत चल्नुपर्ने भनेर आफूहरू गगनको पक्षमा लागेको बताए । ‘जेन–जी आन्दोलनपछि बदलिएको परिस्थितिमा कांग्रेस पनि बदलिनुपर्छ भन्ने हाम्रो माग हो । विशेष महाधिवेशन केन्द्रीय समितिले नबोलाएर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरे पनि त्यो अनिवार्य बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था हो । यसरी यो कुरालाई संस्थापन पक्षले नमानेको कारणले हामी विशेष महाधिवेशनको पक्षमा लाग्यौँ,’ उनले भने ।
तर, देउवा पक्षमा लागेका चितवन सभापति राजेश्वर खनालले निर्वाचन आइसकेकाले वैशाखमा नियमित महाधिवेशन निर्धारण भइसकेकाले त्यहीअनुसार जानुपर्ने आफूहरूको भनाइ रहेको बताए । ‘महाधिवेशनले तत्काल पार्टीमा विचलनको अवस्था निर्माण गर्छ भन्ने डर थियो, त्यसैले हामीले पहिला आमनिर्वाचन, त्यसपछि वैशाख २८ को नियमित महाधिवेशनलाई सम्पन्न गरौँ भनेका थियौँ,’ उनले भने ।
गण्डकीका ११ मध्ये ६ जिल्ला सभापति देउवातिर लागेका छन् भने चार सभापति गगन पक्षमा खुलेका छन् । तनहुँ सभापति जितप्रकाश आलेले आफू कुनै पक्षमा नखुलेको बताए ।
गगनतिर लागेका गोरखा सभापति नन्दप्रसाद न्यौपानेले नेतृत्व र नीति आमनागरिकको अपेक्षाअनुसार चल्न नसकेपछि विशेष महाधिवेशनमार्फत नीतिसँगै नेतृत्व परिवर्तन गर्नुपरेको बताए । ‘नियमित महाधिवेशन हुन नसकेपछि पार्टीको विधानअनुसार प्रक्रिया पुर्याएर विशेष महाधिवेशन सम्पन्न भएको हो । विशेष महाधिवेशनले पार्टीको नीतिसँगै नेतृत्वसमेत परिवर्तन गरेको छ,’ उनले भने, ‘पार्टी कसैको कम्पनी होइन र यसलाई परिवार जसरी चलाउन पाइँदैन, पार्टी भनेको नीति र नेतृत्वले चल्नुपर्छ ।’
गगन पक्षमा लाग्नेमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशका जिल्ला सभापति छन् । यहाँ आठ जिल्ला सभापति गगनतिर लागेका छन् । १२ जिल्ला रहेको लुम्बिनीमा बर्दियाका अरुणप्रकाशसिंह राठोर र रुपन्देहीका रामकृष्ण खाँण मात्र देउवातिर खुलेका छन् ।
दाङका शंकर डाँगी र कपिलवस्तुका अब्दुल कलामले भने आफूहरू कुनै पक्षमा नलागेको र चारतारे कांग्रेसमा रहेको प्रतिक्रिया दिए । दाङ सभापति डाँगीले अहिले आफू कुनै पनि पक्षमा नरहेको बताए । ‘कांग्रेसको आधिकारिकता कता हुन्छ, हामी त्यतै हो, जता चारतारे झन्डा र रुख हुन्छ, हामी त्यहीँ हुन्छौँ,’ उनले भने । उनी यसअघि शेखर कोइराला समूहमा थिए । कपिलवस्तु सभापति कलामले आफू उपचार गराएर भर्खरै अस्पतालबाट फर्किएकाले निर्णय गरिनसकेको बताए । ‘म कतै छैन, कांग्रेसमै छु,’ उनले भने । ।
कर्णालीमा सल्यान सभापति केशवबहादुर विष्टबाहेक नौ जिल्ला सभापति देउवातिर लागेका छन् । विष्ट भने गगनतिर छन् ।
देउवाको गृहप्रदेश रहेको सुदूरपश्चिममा बैतडीबाहेक आठ जिल्ला सभापति गगनतिर लागेका छन् । बैतडी सभापति चतुरबहादुर चन्दले आफू युवाको मागअनुसार परिवर्तनकारी पक्षमा रहेको प्रतिक्रिया दिए । ‘पार्टी फुट्न हुँदैनथ्यो । तर, संस्थापन पक्षले कारबाहीको डन्डा चलाएपछि पार्टी फुट्यो,’ उनले भने ।
देउवातिर लागेका कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थका कारण लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी विभाजनको अवस्थामा पुगेको प्रतिक्रिया दिए । ‘सभापतिले आगामी महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्ने भनिसक्नुभएको थियो । विधानले पनि नेतृत्व हस्तान्तरण सुनिश्चित नै थियो । तर, व्यक्तिगत महत्वाकांक्षाले केही साथीहरू हतारिनुभयो र पार्टी विभाजनको अवस्थामा पुग्यो,’ उनले भने ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
