विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५ मंसिर, काठमाडौं । लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

 

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो ।लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भयो ।विराटनगरका लागि साम हिजलेटले २८ बलमा २ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावरप्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।६-३ र ३०-४ को अवस्थामा पुगेको विराटनगरका लागि हिजलेट र डे लाङले २८ रनको साझेदारी गरेका थिए । तर, यो साझेदारी ब्रेक भएपछि विराटनगरको ब्याटिङ कोल्याप्स भयो ।लुम्बिनीका लागि तिलक भण्डारीले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । रुबेन ट्रम्पलम्यानले ३ ओभरमा ९ रन मात्र खर्चेर २ विकेट लिए । र, अभिशेष गौतमले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । जेजे स्मिथले पनि २ विकेट लिए । शेर मल्लले १ विकेट लिए ।

 

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो ।

 

लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

 

टिमको स्कोर ८ हुँदा दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहितले ३० बल खेल्दै २ चौका र २ छक्का प्रहार गरी ३४ रन योगदान गरे ।लगातार दोस्रो खेलमा ओपनिङ गरेका दिनशे अधिकारीले राम्रो ब्याटिङ गर्न सकेनन् । यस्तै विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गरी २९ रन जोडे ।

 

सन्दीप जोरा र जेजे स्मिथ खाता नखोली आउट हुँदा दिलीपन नाथ पनि १ रन बनाएर आउट भए । शेर मल्लले ७ रन जोडे ।

 

पहिलो १० ओभरमा ६९/१ को अवस्थामा रहेको लुम्बिनीले त्यसपछिको १० ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पछिल्लो १० ओभरमा लुम्बिनीले ६५ रन जोड्दा थप ७ विकेट गुमाएको थियो ।

 

विराटनगरका बलरहरू विशेष गरी सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै नियमित विकेट लिंदा लुम्बिनीको इनिङ्स दबाबमा परेको थियो ।

 

सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ केट लिए । प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.