अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाटै गराउनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित विशाल जनप्रदर्शनको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो सरकार संविधानले कुनै पनि कोणबाट वैध ठहर्‍याउन सक्ने अवस्था छैन । यस्तो असंवैधानिक सरकारको अन्तिम परीक्षण सम्मानित सर्वोच्च अदालतबाटै हुनै पर्छ । अदालतमा यो मुद्दा लिएर जाने जिम्मेवारी नेकपा एमालेले लिनेछ ।’उनले वर्तमान सरकारलाई हिंसा, आगजनी र तोडफोडको बलमा बनेको तथा लोकतान्त्रिक प्रक्रियालाई कुल्चिएर असंवैधानिक ढङ्गले सत्ता कब्जा गरिएको आरोप लगाए । ओलीले नेकपा एमाले देशको स्वाभिमान, शान्ति, सुशासन र लोकतन्त्रको रक्षाका लागि स्थापित पार्टी भएको स्मरण गराउँदै भने, ‘यो देशमा नेकपा एमाले छ भन्ने कुरा सबैले राम्ररी बुझ्नुपर्छ । कसैले जतिसुकै अलोकतान्त्रिक र असंवैधानिक ढङ्गले एक छिन सरकार कब्जा गरे पनि एमालेले जनताको बलमा लोकतन्त्रलाई पुनर्स्थापित गरेर छाड्छ ।’उनले भने, ‘मिचिएको संविधानलाई फेरि नमिचिने बनाएरै छाड्छौँ । अराजकताको यो शासन लामो समय टिक्दैन। नेकपा एमाले जनताको साथ लिएर छिट्टै सुशासन र शान्ति स्थापना गर्नेछ ।’

 

एमालेले देशलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न र जनतालाई सहज सेवा-सुविधा उपलब्ध गराउन सदैव अग्रणी भूमिका खेल्दै आएको ओलीको दाबी छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.