दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते

राजन बस्नेत

राजन बस्नेत

दोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । दुर्घटनामा गम्भीर घाईते भएका गोरखा जिल्लाका एकुमाया अर्यालको उपचारको क्रममा मृत्यु भएको दोलखा प्रहरिले जनाएको छ ।

गाउँपालिका–६ मा आज अपरान्ह करिब ४ः३० बजे अरनिको यातायात समितिको EV माइक्रो दुर्घटना भएको थियो।

बाग्मती प्रदेश ०१–००२ ज ६२०८ नम्बर माइक्रो दुर्घटना भएको थियो। गौरीशंकर गाउँपालिका–१, जुगुका ४५ वर्षीय गोकुल कार्कीले चलाएको सो माइक्रो अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख ज्ञान कुमार महतोले बताउनुभयो ।

माइक्रोमा १६ जना सवारमध्ये ८ जना महिला थिए । तीमध्ये ५ जनाको अवस्था मध्यम रहेको प्रहरुले जनाएको छ। । दुर्घटनामा ४ जना पुरुष पनि मध्यम चोटसहित घाइते भएको प्रहरीले जनाएको छ। । दुर्घटनामा चालक कार्की पनि घाइते भएका छन् ।

दुर्घटनापछि घाइतेहरूलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरि स्थानिय स्वास्थ्यचौकीमा उपचाररत रहेको प्रहरीले जनाएको छ । केही घाईतेहरुलाई सदावहार अस्पताल सिन्धुपाल्चोकको खाडिचौर पठाईएको प्रहरिले जनाएको छ।

दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.