माननीय कुन्दन राज काफ्लेले गरे ५५ लाख बराबरको सुविधा युक्त एम्बुलेन्स हस्तान्तरण
साझा दृष्टि संवाददाता
- दोलखा ६ जेष्ठ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर-६ बुस्तीमा रहेको लालिगुराँस सामुदायिक हस्पिटललाई ५५ लाख बराबरको सुविधा युक्ति एम्बुलेन्स हस्तान्तरण गरिएको छ । द- रोटरी फाउन्डेसनमा आबद्ध तिनवटा देशहरु अमेरिका,युके र नेपालको आर्थिक सहयोगमा उपलब्ध भएको एम्बुलेन्सलाई सनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य कुन्दन राज काफ्लेले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेश सदस्य काफ्लेले बागमती प्रदेशले अस्पतालको भौतिक संरचना निर्माण गर्न पहल गर्ने बताए।
उनलेे प्रदेश सरकार नागरिकको स्वास्थ्य,शिक्षामा,रोजगार,कृषि उत्पादनमा केन्द्रित रहेको उल्लेख गर्दै अस्पतालमा देखिएका समस्या समाधान गर्न आफ्नो क्षेत्रबाट पहल तथा सहयोग गर्ने उल्लेख गरे ।
२०७७ सालमा स्थापना गरिएको यस अस्पतालमा एम्बुलेन्स आवस्यक रहेकोे गुनासो बढेपछि रोटरी कल्व पाटनको पहलमा रोटरी फाउन्डेसन आबद्ध तिन वटा देशले रकम संकलन गरेर अस्पताललाई एउटा एम्बुलेन्स सहित ५५ लाख बराबरको उपकरण सहयोग गरेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुरेन्द्र तामाङ जानकारी दिए।युकेका विदेशी सहयोगी दाता द-डोब्रानको पहल सहयोगमा सञ्चालन गरिएको उक्त अस्पतालमा दुई वर्षको अवधीमा करिब ११ हजार दुई सय बिरामीको उपचार गरिसकेको डाक्टर तामाङले बताए।अस्थायी भवनबाटै सञ्चालनमा रहेको १५ शैयाको यस अस्पताललाई भौतिक संरचना देखी अस्पताललाई जनशक्ति समेत अभाव रहेको अस्पतालका निर्देशक डाक्टर तामाङले बताए।प्रयाप्त उपकरण र जनशक्ति मिले जिल्लाभरका बिरामीको सहज रूपमा उपचार गर्न सकिने अस्पताल स्रोतले जनाएको छ।एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बैतेश्वर गाउँपालिकाकि उपाध्यक्ष कल्पना उप्रेती,रोटरी कल्व अफ पाटनका अध्यक्ष शिवकुमार प्रधान,बैतेश्वर गाउँपालिका-३ वडा अध्यक्ष कमल अधिकारी,६ का वडा अध्यक्ष असोक तामाङ ,सामुदायिक विद्यालय महासंघका केन्द्रिय सदस्य रत्न बहादुर दहाल लगायतले अस्पतालको थप व्यवस्थापन गर्ने विषयमा आफ्नो धारणा राखेका थिए।अस्पतालको पछिल्लो तथ्यांक अनुसार बैतेश्वर गाउँपालिकामा धेरैजसो हाडजोर्नीका बिरामी भेटिएकोले अस्पतालले अब केहि दिनमा फिजियोथेरापी उपकरण राखेर बिरामीको उपचार गर्ने जनाएको छ।हिजोआज यस अस्पतालमा वैतेश्वर,जिरी,तामाकोसी र मेलुङ गाउँपालिका बाट बिरामीहरु उपचार गर्न आउने गरेका छन्।यस अस्पताल लालिगुँरास फाउन्डेसनको व्यवस्थापनमा संचालित रहेको छ्।फाउन्डेसनका अध्यक्ष महेश तामाङले जानकारी दिए। ( विशेष न्युज .कम बाट )
दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
19 घण्टा अगाडि राजन बस्नेतदोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...
प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददातारेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...
यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेतनेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...
दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाताविराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाताप्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददातानेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...
