माननीय कुन्दन राज काफ्लेले गरे ५५ लाख बराबरको सुविधा युक्त एम्बुलेन्स हस्तान्तरण
साझा दृष्टि संवाददाता
- दोलखा ६ जेष्ठ । जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर-६ बुस्तीमा रहेको लालिगुराँस सामुदायिक हस्पिटललाई ५५ लाख बराबरको सुविधा युक्ति एम्बुलेन्स हस्तान्तरण गरिएको छ । द- रोटरी फाउन्डेसनमा आबद्ध तिनवटा देशहरु अमेरिका,युके र नेपालको आर्थिक सहयोगमा उपलब्ध भएको एम्बुलेन्सलाई सनिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य कुन्दन राज काफ्लेले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेश सदस्य काफ्लेले बागमती प्रदेशले अस्पतालको भौतिक संरचना निर्माण गर्न पहल गर्ने बताए।
उनलेे प्रदेश सरकार नागरिकको स्वास्थ्य,शिक्षामा,रोजगार,कृषि उत्पादनमा केन्द्रित रहेको उल्लेख गर्दै अस्पतालमा देखिएका समस्या समाधान गर्न आफ्नो क्षेत्रबाट पहल तथा सहयोग गर्ने उल्लेख गरे ।
२०७७ सालमा स्थापना गरिएको यस अस्पतालमा एम्बुलेन्स आवस्यक रहेकोे गुनासो बढेपछि रोटरी कल्व पाटनको पहलमा रोटरी फाउन्डेसन आबद्ध तिन वटा देशले रकम संकलन गरेर अस्पताललाई एउटा एम्बुलेन्स सहित ५५ लाख बराबरको उपकरण सहयोग गरेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुरेन्द्र तामाङ जानकारी दिए।युकेका विदेशी सहयोगी दाता द-डोब्रानको पहल सहयोगमा सञ्चालन गरिएको उक्त अस्पतालमा दुई वर्षको अवधीमा करिब ११ हजार दुई सय बिरामीको उपचार गरिसकेको डाक्टर तामाङले बताए।अस्थायी भवनबाटै सञ्चालनमा रहेको १५ शैयाको यस अस्पताललाई भौतिक संरचना देखी अस्पताललाई जनशक्ति समेत अभाव रहेको अस्पतालका निर्देशक डाक्टर तामाङले बताए।प्रयाप्त उपकरण र जनशक्ति मिले जिल्लाभरका बिरामीको सहज रूपमा उपचार गर्न सकिने अस्पताल स्रोतले जनाएको छ।एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बैतेश्वर गाउँपालिकाकि उपाध्यक्ष कल्पना उप्रेती,रोटरी कल्व अफ पाटनका अध्यक्ष शिवकुमार प्रधान,बैतेश्वर गाउँपालिका-३ वडा अध्यक्ष कमल अधिकारी,६ का वडा अध्यक्ष असोक तामाङ ,सामुदायिक विद्यालय महासंघका केन्द्रिय सदस्य रत्न बहादुर दहाल लगायतले अस्पतालको थप व्यवस्थापन गर्ने विषयमा आफ्नो धारणा राखेका थिए।अस्पतालको पछिल्लो तथ्यांक अनुसार बैतेश्वर गाउँपालिकामा धेरैजसो हाडजोर्नीका बिरामी भेटिएकोले अस्पतालले अब केहि दिनमा फिजियोथेरापी उपकरण राखेर बिरामीको उपचार गर्ने जनाएको छ।हिजोआज यस अस्पतालमा वैतेश्वर,जिरी,तामाकोसी र मेलुङ गाउँपालिका बाट बिरामीहरु उपचार गर्न आउने गरेका छन्।यस अस्पताल लालिगुँरास फाउन्डेसनको व्यवस्थापनमा संचालित रहेको छ्।फाउन्डेसनका अध्यक्ष महेश तामाङले जानकारी दिए। ( विशेष न्युज .कम बाट )
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
