प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

रेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह
गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड (टिओबी)को मुख्य भूमिका रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी तेन्जिङ दावाको बयानका आधारमा यस्तो खुलेको हो । प्रहरीले २६ असोजमा दावालाई पक्राउ गरी उनीविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप गरेर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने भूमिकामा देखिएको खुलेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले टिओबी ज्याकेट लगाएका बाइक राइडरहरू आन्दोलन भड्काउने गरी सहभागी रहेको देखिने बताए । ‘टिओबी ज्याकेट लगाएर आन्दोलनमा सहभागीमध्ये एकजना पक्राउ परेका छन् । उनीविरुद्ध म्याद थप भएको छ । २३ र २४ भदौको आन्दोलनलाई भड्काउने गरी उनीहरूले गतिविधि गरेजस्तो देखिन्छ । घटनाको अनुसन्धान भइरहेकाले बाँकी तथ्य खुल्दै जालान्,’ उनले भने ।
प्रहरीका अनुसार उनीहरू रेडिओ सेटसहित आन्दोलनमा सहभागी भएका थिए । सोही रेडियो सेटमार्फत उनीहरूले बाइकमा सहभागी युवालाई निर्देशन दिन्थे । आन्दोलनमा रेडियो सेटसहित सहभागी हुनु अनौठो विषय रहेको काठमाडौं परिसर प्रमुख एसएसपी थापाले बताए । ‘रेडियो सेटसहित आन्दोलनमा सहभागी भएकाले आशंका जन्माएको छ । अनुसन्धान गरिरहेका छौँ,’ उनले भने ।
प्रहरीले जेन–जी आन्दोलनमा उनीहरू सहभागी भएका सबै ठाउँका सिसिटिभी फुटेज संकलन गरेको छ । नागरिकस्तरबाट प्राप्त भएका भिडियो र फोटोलाई पनि प्रहरीले सूक्ष्म ढंगले विश्लेषण गरिरहेको छ । यसक्रममा प्रहरीले नागरिकस्तरबाट ३६ हजारभन्दा धेरै फोटो र भिडियो संकलन गरेको छ । टिओबी ज्याकेट लगाई आन्दोलनमा सहभागी हुनेहरूको मुभमेन्ट र गतिविधि अध्ययन गर्न प्रहरीले सोही भिडियो र फोटोलाई आधार बनाएको छ । ‘हामीसँग ३६ हजारभन्दा धेरै भिडियो र फोटो संकलन भएका छन् । त्यसबाहेक पनि अन्य फुटेज हामीसँग छन् । सबैको सूक्ष्म ढंगले अध्ययन भइरहेको छन्,’ उनले भने ।प्रहरीलाई प्राप्त भिडियोअनुसार टिओबी समूह २३ भदौमा करिब १२:३० बजे बिजुलीबजारस्थित आर्कब्रिजबाट रोयल इन्फिल्ड बाइक हुइँक्याउँदै आन्दोलनमा सहभागी भएको देखिन्छ । अनामनगरतर्फबाट आएका उनीहरूले टिओबीअंकित कालो रङको हाफ टिसर्ट र हाफ ज्याकेट लगाएको देखिन्छ । बाइक हुइँक्याउँदै आएका उनीहरू आन्दोलनमा मिसिएपछि नयाँ बानेश्वरतर्फ अघि बढेको देखिन्छ । त्यसअघिसम्म लगभग शान्त जेन–जी प्रदर्शनमा सहभागी हुनेहरू त्यसपछि भने हुलहुज्जतसहित बाइकसँगै नयाँ बानेश्वरतर्फ अघि बढेको देखिन्छ । नयाँ बानेश्वर चोकमा रोकिएका उनीहरूले भिडलाई भड्काउने गरी अभिव्यक्ति दिएको पनि देखिन्छ ।
प्रहरीका अनुसार टिओबीअंकित हाफ टिसर्ट र ज्याकेटमा मात्रै १५० भन्दा धेरै युवा सहभागी थिए । यो तथ्यलाई आफूलाई टिओबी समूहका सल्लाहकार बताउने सुरेन्द्र गुरुङ ‘हा किङ’ले पनि स्वीकार गरेका छन् । प्रदर्शनलगत्तै उनले ‘हा किङ’ नामको आफ्नो फेसबुक पेजमार्फत आन्दोलनमा कम्तीमा १५० युवा सहभागी भएको बताएका थिए । तर, उनले अहिले त्यो पोस्ट हटाएका छन् । पछिल्लोपटकका पोस्टमा भने उनले टिओबीको अर्थ ‘टिब्बटेन ओरिजिनल ब्लड’ नभई ‘द ओरिजिनल ब्रदर्स’ रहेको फेसबुकमार्फत बताएका छन् । र, २३ भदौको आन्दोलनमा आफ्ना युवा सहभागी भएको र २४ भदौको आन्दोलनमा भने आफ्ना कुनै पनि युवा सहभागी नभएको दाबी गरेका छन् । तीन दिनअघि फेसबुक फेजमार्फत उनले भनेका छन्, ‘यदि कसैसँग तानासाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रामाणिक भिडियो, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौँ । सत्य सिद्ध भएपछि कानुनले जे माग्छ हाम्रा लागि स्वीकार्य हुनेछ ।’तर, प्रहरीको अनुसन्धानले उनीहरू २४ भदौको प्रदर्शननमा पनि सहभागी भएको देखाएको छ । विशेषगरी बौद्ध, गौशाला, नयाँ बानेश्वरलगायत क्षेत्रमा २४ भदौको प्रदर्शनमा उनीहरू सहभागी देखिएको प्रहरीको भनाइ छ । आगजनी, तोडफोड र लुटपाट खुल्ने खालको ठोस प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन ।
प्रहरीका अनुसार आन्दोलनका दिन उनीहरूको लोकेसन पनि प्रहरीले ट्रयाकिङ गरिरहेको छ । आन्दोलनको समय, त्यसअघि र त्यसपछि उनीहरूले गरेका टेलिफोन संवाद, एसएमएस, सामाजिक सञ्जालमा गरिएका अन्तरक्रियासमेत प्रहरीले यसक्रममा अध्ययन गरिरहेको छ । उनीहरू र हामी नेपाल संस्थाका सञ्चालक सुदन गुरुङबिच स्थापित हुने खालको प्रमाण भने हालसम्म फेला नपरेको प्रहरीको भनाइ छ ।तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता शंकास्पद
प्रहरीका अनुसार पक्राउ गरेको टिओबी समूहका तेन्जिङ दावाको नागरिकता र जन्मदर्ता प्रमाणपत्रसमेत शंकास्पद देखिएको छ । नागरिकता प्रमाणपत्रमा उनको जन्ममिति २१ माघ ०५३ उल्लेख छ । काठमाडौं महानगरपालिका– ६ जन्मस्थान उल्लेखित प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको थियो । उनको जन्मदर्ता प्रमाणपत्र भने १० चैत ०६३ मा गरिएको थियो । नागरिकता प्रमाणपत्रमा नेपाल सरकारको छापा लगाइएको देखिएको छ भने जन्मदर्ता प्रमाणपत्रमा ‘श्री ५ को सरकार’ को छापा लगाइएको देखिएको छ । काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उनको नागरिकता र जन्मदर्ता प्रमाणपत्र सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘दावाको नागरिकतालगायत कागजात नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा अहिले आवश्यक अनुसन्धान भइरहेको छ । कागजात भेरिफाई हुने काम भइरहेका छन् । बाँकी तथ्य त्यसपछि खुल्दै जलान् ।’

प्रहरीको हतियार लुट्ने राजु परियार पक्राउ
प्रहरीले जेन–जी आन्दोलनका क्रममा एसएलआर (सेल्फ लोडिङ राइफल) लुट्ने ललितपुर महानगरपालिका– १३ कुसुन्ती घर भएका ३६ वर्षीय सम्राट भनिने राजु परियारलाई पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरी टोलीले मंगलबार ललितपुरबाट पक्राउ गरेको थियो । उनले जेन–जी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्ने एसएलआर प्रयोग गरी सिंहदरबारस्थित पश्चिम गेटमा पोजिसन लिँदै भिडियो खिचेका थिए । तर, उक्त हतियार उनले हालसम्म पनि फिर्ता गर्न सकेका छैनन् ।

उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी भट्टराईले जानकारी दिए । उनीविरुद्ध यसअघि विभिन्न अदालतमा आठ कसुरमा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार २९ माघ ०६४ मा ज्यान मार्ने उद्योग, १४ असोज ०७० मा ज्यान मार्ने उद्योग, १३ पुस ०७५ ठगीसम्बन्धी कसुर, १७ पुस ०७९ मा अर्को ठगीसम्बन्धी कसुर, १० भदौ ०६५ मा अभद्र व्यवहारको कसुर, १३ पुस ०७५ मा पनि अभद्र व्यवहारकै कसुर र १९ वैशाख ०७१ मा ठगीसम्बन्धी अर्को कसुरमा उनीविरुद्ध मुद्दा चलेको थियो । जेन–जी प्रतिनिधि भन्दै सरकारी कर्मचारी थर्काउने शाही पक्राउ
जेन–जीको नाममा एक सातादेखि सरकारी कर्मचारीलाई कार्यालयमै पुगेर थर्काउँदै आएका यमराज, यमु भनिने अर्जुनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका टोलीले उनलाई बुधबार साँझ कोटेश्वरबाट पक्राउ गरेको हो । शाहीको आपराधिक पृष्ठभूमि धेरै रहेकाले थप अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । ‘जेन–जीको प्रतिनिधि भन्दै सरकारी कार्यालयमा थर्काउँदै आएका अर्जुनबहादुर शाहीलाई पक्राउ गरेका छौँ । यसको आपराधिक पृष्ठभूमि धेरै रहेको देखिन्छ ।

घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा जुन कसुर बलियो देखिन्छ, सोहीअनुसार मुद्दा दर्ता हुन्छ,’ उनले भने । प्रहरीका अनुसार शाहीले विगतमा गाउँमा बाख्रा र कुखुर चोरेर बिक्री गर्ने गर्थे । त्यसबाहेक २८ वैशाख ०८२ मा वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेपछि उनी पक्राउ परेका थिए । उनले त्यसवेला आठ लाख रुपैयाँ ठगी गरेका थिए । उनीविरुद्ध २३ वैशाख ०८३, २९ पुस ०८१, २३ पुस ०८१ र २७ वैशाख ०८१ मा क्रमश: १० लाख दुई लाख, सात लाख र १० लाख ३० हजार रुपैयाँको चेक बाउन्सको मुद्दा दर्ता भएको थियो ।

दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
20 घण्टा अगाडि राजन बस्नेत

दोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...

प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददाता

रेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...

यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेत

नेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...

दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाता

विराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...

बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददाता

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...

.