तुइन खोलामा फेरि खस्यो ठूलो पहिरो, नारायणघाट-मुग्लिन सडक पूर्ण रूपमा अवरूद्ध
साझा दृष्टि संवाददाता
तुइन खोलामा फेरि ठूलो पहिरो खसेको छ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरोका कारण नारायणघाट-मुग्लिन सडक पूर्ण रूपमा अवरूद्ध भएको बताएको छ।
सानो पहिरो निरन्तर रूपमा खसिरहेकोमा अपराह्न ५ बजेतिर ठूलो पहिरो झरेको हो।
पहिरो खसिरहेका कारण उपकरण सञ्चालन गरी बाटो खुलाउन समस्या भएको छ।
यहाँ गत शुक्रबार राति ७ बजेदेखि आइतबार ४ बजेसम्म सडक पूर्ण रूपमा अवरूद्ध भएको थियो। त्यसपछि पहिरो पन्छाउँदै यातायात सञ्चालन गरिएको थियो । सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले मंगलबारको पहिरो शुक्रबारको भन्दा ठूलो रहेको बताए।
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
