एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेत
पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ ।
निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले शनिबार सिरियलको ट्रेलर सार्वजनिक गर्दै यहि भदौ १९ गतेबाट प्रशारणमा आउने जानकारी गराएको छ ।
एकल नारीले सामाजिक रूपमा भोग्नुपर्ने परिस्थिति, समाजमा व्याप्त जातीय भेदभाव, सामाजिक बहिष्कारमा आधारित रहेर पारिवारिक कथामा टेलिसिरियल ‘हिरा’ तयार भएको ट्रेलरले संकेत गर्छ । निर्माण कम्पनिले यो सिरियललाई ‘कथा घरघरको’ स्लोगन दिएको छ ।
निर्देशक विशाल बरालले राष्ट्रिय स्तरको टेलिभिजन र सामाजिक सञ्जाल प्लेटफर्म युट्युबमा निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्टको आधिकारिक च्यानल ‘सिएम डिजिटल’बाट सिरियल प्रसारणमा आउने बताए । ‘हिरा’को कथा विराज विष्टको हो ।

विराज विष्टको कथामा तयार टेलिसिरियललाई पवी दाहालले निर्माण गरेकी हुन् । विशाल पहारी, प्रीया रिजाल, सुवर्ण दुलाल, विधा कार्की, प्रीति शिवाकोटी, रवि खड्का, कुलबहादुर वली, केशु पुन: मगर, सिर्जना सिटौला, दिनेश कठायत, गंगाराम श्रेष्ठ, पवि दाहाल, लक्ष्मी गोसाइँ, रोहन परियार, वेगबहादुर श्रेष्ठ, बल नेपाली र अनिल जिसी यो सिरियलमा अभिनयमा छन्।
सिरियलमा मिलन विश्वकर्माको सम्पादन, किरण तुलाधरको व्याकग्राउण्ड म्युजिक ट्रेलर रहँदा पोस्टर राकेश दाहालले तयार पारेका छन् । सिरियलको सम्पूर्ण छायांकन काभ्रेको बनेपा ३ नाला चुना ताल आसपास गरिएको छ ।
स्व. मोती विष्टको प्रस्तुतिमा तयार ‘हिरा’लाई राजबहादुर सानेले लेखेका हुन् । छायांकनमा रक् कौसल रहँदा शीर्ष गीतमा जय देवकोटाको संगीतमा स्वर गायिका समिक्षा अधिकारीले दिएकी छिन् ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
