चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो।
उनी हाल एआइजीको रूपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख छन्।
अहिले आइजिपी दीपक थापा छन्। उनी भदौ १८ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्। उनी अवकाशमा गएसँगै खापुङ नेपाल प्रहरीको ३२औं आइजिपी हुनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाँदैछन्। भ्रमण जानुअघि नै बसेको बैठकले आइजिपी नियुक्त गरेको छ ।
प्रधानमन्त्री ओली भदौ १८ गते फर्किनेछन्। त्यसकारण मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको भ्रमण अघि नै आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ।
२०२७ सालमा जन्मिएका खापुङ नेपाल प्रहरीको प्रहरी निरीक्षकमा २०५२ सालबाट सेवामा प्रवेश गरेका थिए।
नयाँ प्रहरी विधेयक पारित भएर कार्यान्वयनमा नआए उनी करिब तीन महिनाका लागि मात्रै आइजिपी बन्नेछन्। प्रहरी नियमावली अनुसार उनी पनि ३० वर्षे सेवा हदकै कारणले मंसिर २३ गतेसम्म मात्रै प्रमुख हुनेछन्। प्रहरी विधेयक आएको अवस्थामा भने फरक पर्न सक्

सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित
राजन बस्नेत

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने...

गृहमन्त्री लेखकले दिए राजीनामा
राजन बस्नेत

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेत

पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले...

गौरीशंकर ९ रिकुमा स्काभेटर दुर्घटनामा परी चालक घाइते
राजन बस्नेत

दोलखाको गौरीशंकर गाउँपालिका–९, रिकुमा स्काभेटर दुर्घटनामा परि एक जना चालक घाइते भएका हुन । पार्किङ खन्ने क्रममा जमिन भासिँदा...

चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
साझा दृष्टि संवाददाता

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी...

अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेत

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल...

.