बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
राजन बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् ।
स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइंदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् ।
मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए ।
अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम शुरु हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए ।
‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवद्र्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो मह्तवपूर्ण कदम हो,’ उनले भने ।
मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवद्र्धन गर्न स्वदेशी उत्पादकलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् ।
विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मन्त्री पौडेलले मिलएका हुन् । नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम समेत अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
रुबेला उन्मूलनमा नेपाल सफल, डब्लूएचओले दियो बधाई
नेपालले बालबालिकाको प्राणघातक रोग रुबेला उन्मूलन गर्न सफलता हासिल गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालले रुबेला उन्मूलनमा सफलता पाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई बधाई ज्ञापन गरेको छ।
लामो समयको प्रयासपछि पनि पूर्ण रूपमा उन्मूलन हुन नसकेको यो रोगलाई नेपालले हालैका दिनमा गरेको प्रगतिका आधारमा डब्लूएचओले उन्मूलन भएको घोषणा गरेको हो।
संगठनकी दक्षिण-पूर्वी एसिया कार्यालय प्रमुख डा. क्याथरिना बोएह्मले मन्त्री पौडेललाई पठाएको पत्रमा यो महत्त्वपूर्ण जनस्वास्थ्य उपलब्धि भएको भन्दै नेपाल र मन्त्री पौडेललाई बधाई दिएकी छन्।
मन्त्री पौडेलद्वारा आभार व्यक्त
यस उपलब्धिका लागि मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत सबै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतका साझेदारहरूलाई धन्यवाद दिएका छन्।
उनले भनेका छन्, “यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको हो।”
मन्त्री पौडेलले यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगबाट नागरिक र बालबालिकालाई सुरक्षित राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। यसका लागि खोप सेवाको पहुँच विस्तार, रोग-निगरानी प्रणालीको सुदृढीकरण तथा निवारणपछिको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनको भनाइ छ।
“यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु,” उनले भनेका छन्।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
