अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्नुहुदै : ने.का केन्द्रिय सदस्य लामा
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा ५ जेष्ठ । दोलखाको सदरमुकाम चरिकोटमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उद्घाटन भएको छ ।
यस अघि चार पटक अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता सम्म्पन्न भैसकेको दोलखामा यो पाँचाै शृङ्खला आदर्श नेता स्व. भीमबहादुर तमाङ्काे स्मृतिमा चेस होम दोलखाले आयोजनाको आयोजना र भीमबहादुर तामाङ स्मृति प्रतिस्ठानको सह आयोजना रहेको अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस
का केन्द्रिय सदस्य एबम कार्य सम्पादन समिति सदस्य पुर्ब माननीय जिपछिरिङ लामाले खेल र खेलाडी राष्ट्रिय गौरव भएको बताउदै राज्यले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अधि बढ्नुपर्ने धारणा व्यक्त गर्दै स्व:भीमबहादुर तामाङको आदर्श बाट आजको राजनीतिक दलका नेता तथा कार्याकर्ताले धेरै कुराहरु ग्रहण गरेर अगाडि बढ्नुपर्ने दिन आएको प्रष्ट पार्नुभयो ।
तेसैगरी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम नेपाली काङ्ग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दन राज काफ्ले ले कार्यक्रलाई सम्बोधन गर्दै इतिहासलाई प्रभावित गर्ने युगीन व्यक्तित्वहरु सधैं जन्मँदैन,बिश्वका जुनसुकै मुलुकमा पनि युगलाई प्रभावित गर्ने वा आफ्नो देशलाई नवीनतम् चेतनाले उद्देलित एबम् प्रेरित गर्ने ब्यक्तिहरु कमै हुन्छन,तिनै ब्यक्तिहरुमध्ये एक हुन् स्व.भीमबहादुर तामाङ, भीमबहादुरको स्मृतिमा अन्तर्राष्ट्रिय खेलको आयोजना गरेर दोलखाको नाम चिनाउने अभियानमा लाग्ने आयोजक प्रती विशेष धन्यवाद व्यक्त गर्दै आफुहरुको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तेसैगरी नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति एबम भीमबहादुर स्मृति प्रतिस्ठानका केन्द्रिय अध्यक्ष समेत रहेका
बर्मा लामाले पाँच दशक राजनीतिबाट खारिएका स्व. भीमबहादुर तामाङले देश जातीय नाराले रंगिएको बेलामा समेत जनताको आवाजलाई नम्र भाषामा ‘द्वन्द्व मेटिने, पहिचान भेटिने’ मध्यमार्गी नारा दिनुभएको चर्चा गर्नु भयो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसिले खेल मानव जिवनको लागि अपरीहार्य रहेको भन्दै चेस खेल ले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन समेत अहम् भुमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा नेपाल च्याम्पियन भई सकेको १० जना खेलाडी सहित विभिन्न सात देशका सय भन्दा बढी खेलाडीको सहभागिता रहेको चेस होम दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ६० हजार र तृतीयले ४० हजार नगद पुरस्कार पाउने छन् । सबै विधामा गरि ४७ खेलाडी पुरस्कृत हुने र पुरस्कारमा मात्र झण्डै पाँच लाख खर्च हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालीका अध्यक्ष हिरा थोकर ,प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, प्रेस काउन्सिल नेपालका बोर्ड मेम्बर चिरञ्जीवी मास्के,प्रहरी नायब उपरीक्षक दिपक खड्का,नेपाल पत्रकार महासंघका जिल्ला शाखा दोलखा अध्यक्ष , दीपसङ्कर चौलागाईं लगायतको उपस्थिति रहेको कार्यक्रम आयोजक चेस होम दोलखाको अध्यक्ष गोविन्द श्रेष्ठकाे अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
