कुरीका होटल तथा होमस्टे सञ्चालकहरूलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको अभिमुखीकरण
साझा दृष्टि संवाददाता
स्वस्थ पर्यटन प्रवर्द्धन तथा आयुर्वेदको महत्व बुझाउने उद्देश्यले दोलखामा होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजनामा तथा दोलखा होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतले कार्यक्रमको पानसमा दीप प्रज्वलन गरी उद्घघाटन गर्नुहुदै स्वास्थ्य पर्यटन,आयुर्वेदिक पर्यटन वा जडीबुटी पर्यटनको हिसाबले नेपाल पर्याप्त सम्भावना बोकेको मुलुक भएको बताउदै नेपाल धेरै प्रकारका जडीबुटीको लागि उर्वर भूमि रहेको एवं हिमालीदेखि तराई भेगसम्मको सबैखाले हावापानी रहेकाले पनि होटल ब्यवसायिहारु सग समन्वयकारी भुमिका निर्वाह गर्दै नेपालमा प्राकृतिक चिकित्साभित्रकै अनेक आयामलाई पर्यटनको हिसाबले विकास गर्न सकिने जिकिर गर्नुभयो ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाका प्रमुख डा. मनोज कुमार चौधरीले स्थानीय होटल तथा होमस्टे व्यवसायीहरूले आयुर्वेदलाई प्रवर्द्धन गरे पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने धारणा ब्यक्त गर्नुभयो ।

कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका बरिस्ठ कविराज बिमल श्रेष्ठले आयुर्वेदको महत्व, प्राकृतिक जडीबुटीको प्रयोग, स्वस्थ खानपान र पर्यटकहरूलाई स्वास्थ्यप्रद जीवनशैलीबारे जानकारी गराउनुभएको थियो ।

दोलखा होटल तथा पर्यटन व्यवसायी संघका पदाधिकारीहरूले पनि आफ्नो धारणा राख्दै स्वस्थ पर्यटन प्रवर्द्धनका लागि आयुर्वेद महत्त्वपूर्ण हुने जानकारी दिनुभएको थियो ।
उक्त अभिमुखीकरण कार्यक्रममा कालिन्चोक कुरी उपत्यकामा सञ्चालनरत करिब ६० जना होटल सञ्चालक तथा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका प्रमुख डा. मनोज कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेत, होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेश सदस्य टिका तामाङ , दोलखा होटल तथा पर्यटन व्यवसायी संघका उपाध्यक्ष विनोद जिरेल ,सह सचिव रामहरी शिवाकोटी ,होटल ब्यवसायि सन्तविर तामाङ लगायतले सुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम बिहीबार कालिन्चोकको कुरी उपत्याका स्थित दोलखा कालिन्चोक रिसोर्टमा सम्पन्न भएको थियो।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
