शारदा माध्यमिक विद्यालयको स्वर्णमहोत्सव : ओमकृष्ण आचार्यले गरे एक लाख रुपैयाँको छावृत्ति कोष स्थापना

राजन बस्नेत

राजन बस्नेत

जिल्लाको बिगु गाउँपालिका–३ बुलुङमा रहेको शारदा माध्यमिक विद्यालयले स्थापना दिवस तथा स्वर्णमहोत्सव मनाएको छ ।

स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले ५०औँ जन्मजयन्ती अर्थात स्वर्णमहोत्सव मनाएको हो । ‘पचासौँ वर्षको गौरवशाली यात्रा: शिक्षा र समृद्धिका लागि हाम्रो प्रतिबद्धता’ नारासहित विद्यालयले हिजो सोमबार भव्य समारोह आयोजना गरी स्वर्णमहोत्सव उद्घाटन गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ तामाङको सभापतित्व र बिगु गाउँपालिकाका प्रमुख सञ्जीव ओलीको प्रमुख आतिथ्यतामा आयोजित भव्य समारोहका बीच अध्यक्ष ओलीसहित विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ, बुलुङका वडाध्यक्ष ढालबहादुर तामाङ र राजनीतिक तथा समाजसेवी व्यक्तित्व ओमकृष्ण आचार्यलगायतले संयुक्त रूपमा स्वर्णमहोत्सव उद्घाटन गरेका हुन् ।
विद्यालयले बुलुङ वडाभित्रका कक्षा १ देखि ३ सम्मका बालबालिकाहरूको नृत्य प्रतियोगिता तथा विभिन्न सांस्कृति प्रस्तुतिहरूसहित हिजो उद्घाटन गरेको स्वर्णमहोत्सव समारोह तीन दिनसम्म जारी रहने स्वर्ण महोत्सव समारोह मुल आयोजक समितिका संयोजक बालकृष्ण मल्लले जानकारी दिए । उनका अनुसार महोत्सवको दोस्रो दिन आज बिगु गाउँपालिकास्तरीय माध्यमिक विद्यालय ९ कक्षा १० विज्ञान विषयमा आधारित हाजिरीजवाफ प्रतियोगिता र विद्यालयभित्रका विद्यार्थीहरूबीच चित्रकला प्रतियोगिता आयोजना भइरहेको छ ।

यस्तै, तेस्रो दिन अर्थात् भोलि स्वर्णमहोत्सव समारोह समापनको कार्यक्रम रहेको छ । समापनअघि महिला अभिभावक म्युजिकल चेयर र पुरुष अभिभावक हाँडी फुटाइ प्रतियोगिता गरिने छ । ती सबै प्रतियोगिता सम्पन्न भएपछि गाउँपालिकाकी उपप्रमुख देविका थामीबाट समारोह समापन गर्ने तयारी रहेको संयोजक मल्लले जानकारी दिए । समापन समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वध्यक्ष, पूर्वप्रधानाध्यापक, संस्थापक, पूर्वशिक्षक, विद्यालय कर्मचारी र सहयोगी व्यक्तिहरूलाई सम्मान तथा प्रतियोगितामा विजयीहरूलाई पुरस्कार वितरण गरिने छ ।

व्यवसायी आचार्यद्वारा छात्रवृत्ति कोष स्थापना

स्वर्ण महोत्सवको अवसरमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका व्यवसायी ओमकृष्ण आचार्यले एक लाख रुपैयाँको छावृत्ति कोष स्थापना गरेका छन् । विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै शैक्षिक स्तरमा समेत सुधार ल्याउन सकिने उद्देश्यका साथ उनले आफ्नो स्वर्गीय पिता चेतप्रसाद आचार्यको सम्मानमा सो छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

बुलुङमै जन्मिएर हुर्किएका व्यवसायी आचार्य हाल काठमाडौंलाई कार्यक्षेत्र बनाएर व्यवसाय गर्दै आएका छन् । उनी बिगु गाउँपालिकाको शिक्षा समिति सदस्य समेत हुन् । उनले विद्यालयका प्रधानाध्यापक कुमार श्रेष्ठ र वडाध्यक्ष ढालबहादुर तामाङलाई कोषमा दाखिला गरिने रकम बराबरको चेक हस्तान्तरण गरे । यो रकम आगामी वर्षहरूमा विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन र सहयोगको रूपमा प्रदान गरिने र त्यसको सम्पूर्ण व्यवस्थापन विद्यालयले गर्ने उनले बताए ।

कोष स्थापनापछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले शिक्षा क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिने र आगामी वर्षहरूमा विद्यालयका विद्यार्थीलाई उच्च शिक्षा प्राप्तिमा सहयोग पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । ‘शिक्षा एक यस्तो औजार हो, जसले व्यक्तिको जीवन परिवर्तन गर्न सक्छ र त्यसैकारण मैले यो कोष स्थापना गरेको हुँ,’ उनले भने, ‘यसबाट विद्यालयका विद्यार्थीहरूले थप अवसर प्राप्त गर्न सक्ने विश्वास मैले लिएको छु ।

समाजसेवी एबम शिक्षा प्रेमी आचार्य भन्छन शिक्षा मानव जतिको आभूषण वा गहना हो । यसले समाजमा मानिसको इज्जत र मान प्रतिष्ठा बढाउँछ । शिक्षित व्यक्तिको सर्वत्र कदर पनि गरिन्छ । शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकोले यसैबाट व्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन् सक्दछ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो । यसले मानिसले भौतिक सुख र आत्मिक सुख दुवै प्रदान गर्दछ । शिक्षाले नै राष्ट्रको उन्नतिमा ठूलो टेवा पुर्याउने भएकोले यसको महत्त्व सबैभन्दा माथि छ ।’ नेकपा एमालेको राजनीतिमा रहेका आचार्य काठमाडौंमा रहेर पनि आफ्नो जन्मभूमि बुलुङ र बिगुको समग्र विकास र हितका निम्ति सक्रिय रहँदै आएका छन् ।

कार्यक्रममा बिगु गाउँपालिका–४ लादुकका अध्यक्ष रामचन्द्र खड्का, गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठ, गौरीशंकर मावि लामाबगरका प्रधानाध्यापक हिरामणि गौतम, शान्ति आदर्श मावि लादुकका प्रधानाध्यापक सुदीप खड्का, चित्रे मावि लादुकका प्रधानाध्यापक गणेश उप्रेती, देवीटार मावि चिलंखाका प्रधानाध्यापक कृष्ण केसी अतिथिका रूपमा सहभागी थिए ।

यस्तै, बुलुङका पूर्व वडाध्यक्ष श्रीराम खड्का, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल, हलेश्वर मावि गौरीशंकरका प्रधानाध्यापक विक्रम खड्का, सोसीनोर्बु थार्पा गुम्बाका अध्यक्ष रामबहादुर तामाङ, नेपाली शिक्षक महासंघका अध्यक्ष महेश मल्ल, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सदस्य पुष्पक केसी, बुलुङकी वडा सदस्य बालकुमारी विक, नेपाल तामाङ घेदुङ संघ बिगुका अध्यक्ष टेकमान तामाङ, बिगु गाउँपालिका शिक्षा शाखाका स्रोतव्यक्ति उपेन्द्र बुढाथोकी, नेकपा एमाले बुलुङका अध्यक्ष कुमार विक, नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष केशव आचार्य, हिमालय बैंक गौरीशंकर शाखा प्रमुख खड्क बहादुर जिरेल र अभिभावक गंगाबहादुर खड्कालगायत अतिथि थिए ।

कार्यक्रममा विद्यालयका पूर्व र वर्तमान विद्यार्थीहरू, शिक्षकहरू तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सहभागिता थियो । भव्य समारोहको सञ्चालन शिक्षक ईश्वर आचार्यले गरेका थिए । शारदा मावि २०३१ सालमा स्थापना गरिएको थियो ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.