अध्यक्ष राकेश श्रेष्ठको विशेष पहलमा जिपि फाउण्डेशनको नि : सुल्क कोचिङ कक्षा : लामाले गरे शिक्षकहरुलाइ सम्मान
शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम हो
राजन बस्नेत
नेपाली काङ्ग्रेसका नेता एबम जिपी कोइराला फाउन्डेसन दोलखा अध्यक्ष राकेश श्रेष्ठको बिशेष पहलमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन दोलखाले स्व. भीम बहादुर तामाङ स्मृति +2 परीक्षा तयारी तेस्रो निःशुल्क कोचिङ कक्षामा अध्यापन गराउन हुने शिक्षक र बिध्यार्थीहरुलाइ सम्मान गरीएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम संविधान सभा सदस्य माननीय जिपछिरीङ लामाले एक समारोहका बिच १ महिना सम्म अध्यापन गराउने शिक्षकहरुलाइ सम्मान प्रदान गर्नुहुदै बिध्यार्थीहरु शिक्षाको उज्यालो घामबाट बन्चित नहुन भन्ने ध्येयका साथ आयोजना गरीएको नि: शुल्क कोचिङ कक्षाले केहि हद सम्म अध्ययन गर्नमा र परीक्षामा सहज र सरल तरीका बाट उत्तर लेख्नमा समेत महत्वपुर्ण भुमिका खेल्ने विस्वास ब्यक्त गर्नु भयो ।
प्रमुख अतिथी लामाले शिक्षा भनेको नयाँ कुरा सिक्ने र जीवन जिउने कलाको विकास गर्ने माध्यम भएको बताउनु हुदै शिक्षाले हामीलाई यस कठिन संसारमा कसरी आफ्ना लागि ठाउँ बनाएर बाँच्ने भन्ने कला सिकाउँछ । यसले जीवन कसरी सहज हुन्छ भन्नेबारेमा ज्ञान दिन मदत गर्छ तेसैले बिध्यार्थी भाइबुहिनिहरु समय अनुसार टिक्ने र सन्सारमा बिक्ने शिक्षा आर्जन गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रमलाइ सम्बोधन गर्नु हुदै विशेष अतिथी नेपालि काङ्ग्रेस दोलखाको पाटि सभापति बर्मा लामाले मानव जीवनको लागि शिक्षा अपरिहार्य विषय रहेको बताउनुहुदै शिक्षाविना मानव जीवनको विकास नहुने कुरा ऐनाजस्तै प्रस्ट रहेको जिकिर गर्नुभयो ।उहाले भन्नुभयो विकासको स्रोत नै गुणस्तरीय वा व्यावहारिक शिक्षा भएको उल्लेख गर्नुहुदै बिध्यार्थीहरुलाइ सकारात्मक बाटो तर्फ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सम्मानित हुने शिक्षकहरुमा निरज आचार्य र जय श्रेष्ठ रहनु भएको छ । स्ववियु निर्वाचित सभापति लगायत सिङ्गो टिम , बिध्यार्थी लगायतलाइ समेत मेडल खादा मालाले सम्मान गरीएको थियो

जिपि कोईराला फाउण्डेशन दोलखा शाखाका अध्यक्ष राकेश श्रेष्ठले,‘एक महिना सञ्चालन हुने कोचिङ कक्षा विशेष गरेर गरिव जेहेन्दार विद्यार्थीहरु लक्षित कार्यक्रम हो । हामीले विगतदेखि नै यस्ता कार्यक्रमहरु गर्दै आइरहेका छौं । हामीबाट उत्पादित विद्यार्थीहरु डा, पाइलट सहित ठुलाठुला मान्छे बनेका उदाहरणहरु थुप्रैछन् ।

जिपि कोईराला फाउण्डेशन दोलखा शाखाका अध्यक्ष तथा नेपाली कांग्रेस दोलखाका प्रबक्ता राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबम संविधान सभा सदस्य माननीय जिपछिरीङ लामा , बिशेष अतिथि नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा , अतिथि नेपाली काङ्ग्रेसका जिल्ला सचिव दावा साङ्गे शेर्पा ,नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम खड्का, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य राम्जी प्रसाद चौलागाईं, उद्दव बस्नेत , आमन्त्रीत जि का स सकुन श्रेष्ठ ,कृष्ण कुमारी जोशि ,कालिन्चोक बिध्यालय ब्यबस्थापन समिति अध्यक्ष सुबास श्रेष्ठ ,कालिन्चोक माविका प्राचार्य शम्भु गौतम, नेपाल विद्यार्थी संघ दोलखा अध्यक्ष सौगात थापा ,नेपाल विद्यार्थी संघ दोलखा (प्रदेश ख) का सभापति सन्देश कोईराला, शिक्षक संघका नेता निरज आचार्य तथा शिक्षक जय श्रेष्ठ, चरीकोट बहुमुखि क्याम्पसका स्ववियु सभापति सम्राट मानन्धर लगायतले सुभकामना मन्तब्य ब्यक्त्त गर्नुभएको थियो ।

फाउन्डेसनका अध्यक्ष राकेश श्रेष्ठका अनुसार निःशुल्क कोचिङ कक्षामा जिल्लाका विभिन्न क्याम्पसहरुबाट दुई सयभन्दा बढी विद्यार्थीहरु सहभागी छन् ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
