दोलखामा शिक्षिका उषा तामाङमाथी आक्रमण : खुकुरी हान्ने प्रयास असफल
राजन बस्नेत
दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ ।
शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गरेका हुन् । शिक्षिका तामाङलाई आज बिहान विद्यालयबाट निस्किने क्रममा आक्रमण गरिएको हो । आफु विद्यालयबाट निस्किए लगत्तै बाटोमा ढुकेर बसेका अधिकारीले हुत्ताएर लडाउनुका साथै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेको शिक्षिका तामाङले बताउनुभयो ।
आक्रमण गर्ने अधिकारी शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुुलेको छ । तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो ।
शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङले बताउनुभयो । शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए ।
आफुमाथि आक्रमण भएपछि आजै जिल्ला प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएको शिक्षिका तामाङले बताउनुभयो । तामाङ आज बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा आक्रमण भएको थियो ।
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
