दोलखामा शिक्षिका उषा तामाङमाथी आक्रमण : खुकुरी हान्ने प्रयास असफल


दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ ।
शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गरेका हुन् । शिक्षिका तामाङलाई आज बिहान विद्यालयबाट निस्किने क्रममा आक्रमण गरिएको हो । आफु विद्यालयबाट निस्किए लगत्तै बाटोमा ढुकेर बसेका अधिकारीले हुत्ताएर लडाउनुका साथै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेको शिक्षिका तामाङले बताउनुभयो ।
आक्रमण गर्ने अधिकारी शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुुलेको छ । तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो ।
शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङले बताउनुभयो । शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए ।
आफुमाथि आक्रमण भएपछि आजै जिल्ला प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएको शिक्षिका तामाङले बताउनुभयो । तामाङ आज बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा आक्रमण भएको थियो ।
स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
चरिकोट शाखाका केन्द्र प्रमुखहरुलाइ वित्तीय साक्षरता प्रदान गर्दै कालिका लघुबित्त
युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददातानेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...
स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
3 घण्टा अगाडि राजन बस्नेतपूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...
नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेतसडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...
नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेतनेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...
अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेतकाठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...
९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददातानेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...