भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ


भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’ सम्पन्न भएको छ।
माघ १ गते देखि ५ गते सम्म संचालित प्रतियोगितामा द राइजिङ स्टार स्कुल विजेता र अल्पाइन पब्लिक स्कुल उपविजेता भएका छन्। विजेता द राइजिङ स्टार स्कुलले नगद रु ७५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल जितेका छन् भने उपविजेतामा चित्त बुझाएका अल्पाइन पब्लिक स्कुलले नगद रु ४५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल हात पारेका छन्।
भीनपा ५ धर्मघर स्थित बुढाभिमसेन मैदानमा भएको फाइनल खेलमा द राइजिङ स्टार स्कुलले अल्पाइन पब्लिक स्कुल विरुद्ध पेनाल्टी सुट आउटमा ५-४को रोमान्चक जीत निकालेका छन्।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ द राइजिङ स्टार स्कुलका खेलाडी प्रज्वल बस्नेत घोषित भएका छन् भने प्रतियोगिताको उच्च गोलकर्ता द राइजिङ स्टार स्कुल कै दिनेश श्रेष्ठ चुनिएका छन्। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी अल्पाइन पब्लिक स्कुलका जेबल तामाङ घोषित भएका छन्। त्यसैगरी द राइजिङ स्टार स्कुलका प्रकृत राज कार्कीले उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। विधागत उत्कृष्ट घोषणा भएका खेलाडीहरुले प्रती व्यक्ती रु २ हजार नगदले सम्मानित भएका छन्।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले खेलकुदले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने भन्दै स्वास्थका लागि खेल, पहिचानका लागि खेल र राष्ट्रका लागि खेल भन्ने धारणा व्यक्त गर्दै आयोजक भीनपा ५ लाई धन्यवाद व्यक्त गरेका छन्।
५ दिन चलेको प्रतियोगिताको अध्यक्षता वडा नम्बर ५ का अध्यक्ष बासु श्रेष्ठले गरेका थिए। प्रतियोगिता भीनपा वडा नम्बर ५ को आयोजना र भीजन युथ क्लब र श्री बुढाभिमसेन सिर्जनशील क्लबको सह-आयोजनामा सम्पन्न भएको हो।
स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
चरिकोट शाखाका केन्द्र प्रमुखहरुलाइ वित्तीय साक्षरता प्रदान गर्दै कालिका लघुबित्त
युवा सकारात्मक परिवर्तनका संवाहक हुन
1 घण्टा अगाडि साझा दृष्टि संवाददातानेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...
स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
2 घण्टा अगाडि राजन बस्नेतपूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...
नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेतसडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...
नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेतनेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...
अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेतकाठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...
९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददातानेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...