भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ

राजन बस्नेत

राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’ सम्पन्न भएको छ।

माघ १ गते देखि ५ गते सम्म संचालित प्रतियोगितामा द राइजिङ स्टार स्कुल विजेता र अल्पाइन पब्लिक स्कुल उपविजेता भएका छन्। विजेता द राइजिङ स्टार स्कुलले नगद रु ७५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल जितेका छन् भने उपविजेतामा चित्त बुझाएका अल्पाइन पब्लिक स्कुलले नगद रु ४५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल हात पारेका छन्।

भीनपा ५ धर्मघर स्थित बुढाभिमसेन मैदानमा भएको फाइनल खेलमा द राइजिङ स्टार स्कुलले अल्पाइन पब्लिक स्कुल विरुद्ध पेनाल्टी सुट आउटमा ५-४को रोमान्चक जीत निकालेका छन्।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ द राइजिङ स्टार स्कुलका खेलाडी प्रज्वल बस्नेत घोषित भएका छन् भने प्रतियोगिताको उच्च गोलकर्ता द राइजिङ स्टार स्कुल कै दिनेश श्रेष्ठ चुनिएका छन्। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी अल्पाइन पब्लिक स्कुलका जेबल तामाङ घोषित भएका छन्। त्यसैगरी द राइजिङ स्टार स्कुलका प्रकृत राज कार्कीले उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। विधागत उत्कृष्ट घोषणा भएका खेलाडीहरुले प्रती व्यक्ती रु २ हजार नगदले सम्मानित भएका छन्।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले खेलकुदले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने भन्दै स्वास्थका लागि खेल, पहिचानका लागि खेल र राष्ट्रका लागि खेल भन्ने धारणा व्यक्त गर्दै आयोजक भीनपा ५ लाई धन्यवाद व्यक्त गरेका छन्।
५ दिन चलेको प्रतियोगिताको अध्यक्षता वडा नम्बर ५ का अध्यक्ष बासु श्रेष्ठले गरेका थिए। प्रतियोगिता भीनपा वडा नम्बर ५ को आयोजना र भीजन युथ क्लब र श्री बुढाभिमसेन सिर्जनशील क्लबको सह-आयोजनामा सम्पन्न भएको हो।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.