अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ

राजन बस्नेत

राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ ।
जिल्ला भलिबल संघ दोलखाको आयोजनामा सदरमुकाम चरिकोटमा आयोजितत प्रतियोगितामा बैतेश्वर गाउपालिकाकालाइ चौथो सेट ( ३-१)अङ्क ले पछी पार्दै बिगु गाउपालिकाका खेलाडीहरुले उपाधि कब्जा गरेका हुन । प्रतियोगितामा बैतेश्वर गाउपालिका द्वितीय स्थानमा चित्त बुझाउदा तृतीय र सान्त्वना भने क्रमश कालिन्चोक र गौरीशङ्कर गाउपालिकाले आफ्नो स्थान पक्का गर्न सफल भए ।

दोलखा जिल्ला कप अन्तरपालिका स्तरीय महिला भलिबल २०८१ समापन समारोहमा प्रमुख अतिथीको रुपमा नेपाली काङ्गेसका केन्द्रीय सदस्य तथा बागमति प्रदेशको आर्थीक तथा योजना मामिला मन्त्री कुन्दराज काफ्लेले प्रतियोतामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना हुने टिमहरुलाइ क्रमशः ५० हजार ,३० हजार,२० हजार ,१० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

प्रतियोगितामा जिल्ला भित्रका ८ टिमको सहभागीता रहेको थियो ।
कार्यक्रम भलीबल संघ दोलखाका अध्यक्ष बालकृष्ण खड्काको अध्यक्षतामा सम्पन्न भएको छ ।

युवा सकारात्मक परिवर्तनका संवाहक हुन
19 मिनेटutes अगाडि साझा दृष्टि संवाददाता

नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...

स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
1 घण्टा अगाडि राजन बस्नेत

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...

नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेत

सडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...

नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेत

नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...

अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेत

काठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले  ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...

९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददाता

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...

.