शैलुङमा ५८ जना मोतिया विन्दुका बिरामीहरुको नि:शुल्क अप्रेसन

राजन बस्नेत

राजन बस्नेत

शैलुङ गाउँपालिका वडा नम्बर ८ शैलुङमा ५८ जना मोतिया विन्दुका बिरामीहरुको नि:शुल्क अप्रेसन गरिएको छ ।

माट्रीका आँखा केन्द्र काठमाडौं को आयोजना र फाइटफर लाइफ नेपाल काठमाडौ ,केकोशिन कराते , गौरीशङ्कर लाइन्स क्लव काठमाण्डौं शेषमति लगायत लगायत सामाजिक सस्थाहरुको प्राविधिक -राविधिज्ञ सहयोग तथा समाजसेवी ,स्थानिय बासि सोभीत उप्रेतीको र वडा कार्यालय,शैलुङ्गेश्वर स्वास्थ्य चौकीको संयुक्त पहलमा नि:शुल्क स्वास्थ्य शिविरमा ५ सय ३० जनाले ऑखाको परिक्षण गराएको वडा नम्वर ८ का वडा अध्यक्ष धन बहादुर तमाङले बताउनुभयो ।
अध्यक्ष तामाङ्का अनुसार मोतिया बिन्दुको समस्या भएका ३३ जना पुरुष र २५ जना महिला गरी ५८ जनाको अप्रेसन गरिएको छ।

शिविरमा सहभागीहरुलाई आवश्यकका आधारमा चस्मा र औषधी समेत नि:शुल्क वितरण गरिएको फाइटफर लाईफ नेपाल काठमाण्डौका अध्यक्ष हेमा मानन्धरले जानकारी दिनुभयो ।आँखाको निशुल्क अप्रेसन गर्न पाउँदा ज्यादै खुसी लागेको उपचार गराउनुहुने स्थनियबासी बताउछन ।
शिविरको समाजसेवी सोवित उप्रेतीले व्यवस्थापन गर्नु भएको थियो ।
नेत्र रोग विषेशज्ञ डाक्टर कल्याण ढुङ्गानाको नेतृत्वमा ऑखा परिक्षण सहित अप्रेसन गरिएको हो।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.