साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
राजन बस्नेत
साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक-एक गोल गरे ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । तर गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे । तर नेपालले कुनै गोल खाएन भने भुटानले एक गोल खाएको थियो ।

साफ वुमन्स च्याम्पियनसिपमा अहिलेसम्म भएको सबै सातवटै संस्करणमा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।
दशरथ रंगशालमा सात हजार भन्दा बढी दर्शकमाझ नेपालले सुरुवाती १३ मिनेटमै ३ गोल गर्दै शानदार सुरुवात गरेको थियो ।
यसै बिच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय कुन्दन राज काफ्लेले खेलाडीहरुलाइ बधाइ दिदै फाइनल खेलको सुभकामना ब्यक्त्त गर्नुभयो भने खेलाडीहरु रास्ट्रको गहना भएको उल्लेख गर्दै खेलाडीहरुलाइ प्राथमिकताको साथ प्रदेश सरकारले बजेटको ब्यबस्था गर्ने प्रतिबद्दता जनाउनुभयो ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
