अमेरिकाविरुद्धको श्रृंखलामा नेपालको ‘क्लिन स्विप’
घरेलु टोली अमेरिकाविरुद्धको ट्वान्टी–२० आई शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । सोमबार बिहान डालासमा आसिफ शेखको अर्धसतकप्रेरित नेपालले अमेरिकालाई ८ विकेटले हरायो । योसँगै नेपालले शृंखला ३–० ले जितेको हो ।
टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको छ । प्रत्युत्तरमा नेपालले १८.४ ओभरमा २ विकेट गुमाउँदै लगातार तेस्रो जित निकालेको हो ।
प्रत्युत्तरमा ब्याटिङ थालेको नेपालको लागि ओपनर आसिफले अर्धसतक बनाएका हुन् । उनले ३८ बलमा ५ चौका र २ छक्कासहित ५० रन बनाए । उनले अर्धसतक बनाउँदा नेपालले १० ओभरमा १ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको थियो ।
यसअघि ओपनर अनिल शाहले १३ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेल र चौथो नम्बर क्रिजमा आएका कुशल मल्लले अर्धसतकीय साझेदारी गरेका हुन् । भुर्तेलले ३२ बलमा ४० रन बनाए । मल्लले ३० बलमा ४४ रन जोडेका हुन् ।
यसअघि अमेरिकाको लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रनको योगदान गरे ।
यसअघि कप्तान तथा ओपनर मोनान्क पटेललाई २ रन बनाउँदा सोपमाल कामीले एलबिडब्लु धरापमा पारेका थिए । तेस्रो नम्बर क्रिजमा आएका आन्द्रेस गौसलाई दुई रन जोड्दा रिजन ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै दबाब सिर्जना गरेका थिए ।
नेपालका सोमपाल कामीले तीन विकेट हात पारे । रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । दीपेन्द्र, कुशल मल्ल, गुल्शन झा र आरिफ शेख विकेट विहिन भएका छन् ।
एक खेल अघि नै नेपालले शृंखला २–० ले जितिसकेको थियो । यसअघि नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भएको हो ।
अब, नेपालले अमेरिका र स्कटल्यान्ड समिम्लित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेल खेल्नेछ ।
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...