अमेरिकाविरुद्धको श्रृंखलामा नेपालको ‘क्लिन स्विप’

राजन बस्नेत

राजन बस्नेत

घरेलु टोली अमेरिकाविरुद्धको ट्वान्टी–२० आई शृंखलामा नेपालले ‘क्लिन स्विप’ गरेको छ । सोमबार बिहान डालासमा आसिफ शेखको अर्धसतकप्रेरित नेपालले अमेरिकालाई ८ विकेटले हरायो । योसँगै नेपालले शृंखला ३–० ले जितेको हो ।

टस जितेर ब्याटिङ गरेको अमेरिकाले ६ विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको छ । प्रत्युत्तरमा नेपालले १८.४ ओभरमा २ विकेट गुमाउँदै लगातार तेस्रो जित निकालेको हो ।

प्रत्युत्तरमा ब्याटिङ थालेको नेपालको लागि ओपनर आसिफले अर्धसतक बनाएका हुन् । उनले ३८ बलमा ५ चौका र २ छक्कासहित ५० रन बनाए । उनले अर्धसतक बनाउँदा नेपालले १० ओभरमा १ विकेट गुमाएर ८३ रन बनाएर खेलिरहेको थियो ।

यसअघि ओपनर अनिल शाहले १३ रन बनाएका थिए । तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेल र चौथो नम्बर क्रिजमा आएका कुशल मल्लले अर्धसतकीय साझेदारी गरेका हुन् । भुर्तेलले ३२ बलमा ४० रन बनाए । मल्लले ३० बलमा ४४ रन जोडेका हुन् ।

यसअघि अमेरिकाको लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित ४३ रनको योगदान गरे ।

यसअघि कप्तान तथा ओपनर मोनान्क पटेललाई २ रन बनाउँदा सोपमाल कामीले एलबिडब्लु धरापमा पारेका थिए । तेस्रो नम्बर क्रिजमा आएका आन्द्रेस गौसलाई दुई रन जोड्दा रिजन ढकालले दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै दबाब सिर्जना गरेका थिए ।

नेपालका सोमपाल कामीले तीन विकेट हात पारे । रिजन र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । दीपेन्द्र, कुशल मल्ल, गुल्शन झा र आरिफ शेख विकेट विहिन भएका छन् ।

एक खेल अघि नै नेपालले शृंखला २–० ले जितिसकेको थियो । यसअघि नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । दोस्रो खेल टाई हुँदा नेपाल सुपर ओभरमा विजयी भएको हो ।

अब, नेपालले अमेरिका र स्कटल्यान्ड समिम्लित आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेल खेल्नेछ ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.