सुपर ओभरमा नेपालको रोमाञ्चक जित
राजन बस्नेत
अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी २० क्रिकेट सिरिजको उपाधि एक खेलअगावै जितेको छ।
ग्रान्ड प्रेरिमा आईतबार भएको रोमाञ्चक खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गरेको हो।
सुपर ओभरमा ३ रनको लक्ष्य नेपालले चौथो बलमा पूरा गर्दै सिरिज २-० को अग्रताले जितेको हो।
नेपाल र अमेरिकाबीचको दोस्रो टी २० सुपर ओभरमा
सोमपाल कामीले २ विकेट लिइँदै अमेरिकालाई २ रनमा सिमित गरे। उनले शायान जाहांगीर र आरोन जोन्सलाई आउट गरे।
नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई जितका लागि अन्तिम बलमा जितको लागि २ रनको आवश्यकता हुँदा जसदीप सिंह रन आउट हुँदा खेल टाई भएको थियो।
शुक्रबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो। अब नेपाल र अमेरिकाबीच ३ टी २० खेलको सिरिजको अन्तिम खेल सोमबार हुनेछ।
नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
