झगडापछि बिरामी भएका २२ बर्षे युवकको मृत्यु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नविन मल्ल

दोलखाको विगु गाउँपालिकामा झै–झगडापछि बिरामी भएका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विगु गाउँपालिका वडा नम्बर २ वराङका अन्दाजी २२ वर्षिय धिरज ठकुरी रहेका छन् । स्थानीयका अनुसार दुई दिन अघि स्थानीय २९ वर्षिय नारायण तामाङसँग आपसी झगडापछि ठकुरी बिरामी परेका थिए ।
त्यसपछि उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । अस्पतालको प्रारम्भिक एक्सरे रिपोर्टमा मृतकको छातीको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याईएको छ ।
ठकुरीसँग झै–झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घट्नाबारे अनुसन्धान भैरहेको र पोष्टमार्टम रिर्पोट आएपछि मृत्युको कारण भन्न सकिने जनाएको छ ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.