मोडर्न नेपाल स्कुल चरीकोटमा अध्ययनरत क्रिष्टिकाले जितिन ५० हजार राशीको सर्वोत्कृष्ट वक्ता पुरस्कार

राजन वस्नेत

राजन वस्नेत

राजन बस्नेत /फोटो फिचर

आश्विन १७,दोलखा । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको राष्ट्रव्यापी खुला वक्तित्वकला प्रतियोगिताको (NATIONAL OPEN PUBLIC SPEECH COMPETITION ) को उपाधि मोडर्न नेपाल स्कुल चरीकोटमा अध्ययनरत छत्रा तथा भीमेश्वर नगर बाल सन्जालकी अध्यक्ष समेत रहेकी क्रिस्टिका खड्काले हात पारेकी छिन् । उनले मदन भण्डारी सर्वोत्कृष्ट वक्ता पुरस्कार सहित धनराशि रु ५० हजार प्राप्त गरेकी बिध्यालयका प्रध्यानाधापक बिमल शाहिले जानकारी दिए ।

त्यस्तै आशिष सापकोटाले मदन भण्डारी वक्ता पुरस्कारसहित धनराशि रु २५००० प्राप्त गरेका छन्। फाइनल चरणमा उत्कृष्ट १५ प्रतियोगीहरू बीच भएको प्रतिस्पर्धामा क्रष्टिका खड्का र आशिष सापकोटा क्रमश प्रथम र द्वितीय भएका हुन्।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आयोजना गरेको यस प्रतियोगितामा देशैभरिबाट प्राप्त १५९ वटा भिडियोमध्ये उत्कृष्ट १५ प्रतिस्पर्धीहरू फाइनल चरणमा प्रतिस्पर्धा गरेका थिए। काठमाडौँ स्थित काठमाडौँ मोडल कलेजको सेमिनार हलमा भौतिक उपस्थितिका साथ प्रतियोगिताको समापन गरिएको थियो।

Screenshot

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गर्ने आयोजकले जानकारी दिएपनि देशमा आएको संकटका कारण नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं विद्यार्थी फाँट इन्चार्ज किशोर विक्रम मल्लको प्रमुख अतिथ्यतामा कार्यक्रम समापन भयो।

Screenshot

मदन भण्डारीको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिता “म भित्रको मदन भण्डारी” भन्ने मूल नाराका साथ प्रतिस्पर्धीहरू भित्रको मदन भण्डारी प्रस्फुटन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक सौगात ढकालले बताए।

Screenshot

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.