दोलखाका विश्व साइकल यात्री पुष्कर शाहको घुँडा अनुसन्धान गर्दै प्रसिद्ध स्ट्यानफोर्ड युनिभर्सिटी
राजन बस्नेत
आश्विन १७ दोलखा । संयुक्त राज्य अमेरिकाको विश्व प्रसिद्ध स्ट्यानफोर्ड युनिभर्सिटीले नेपाली विश्व साइकलयात्री तथा सगरमाथा आरोही भीमेश्वर नगरपालिका वडा न: ७ मकैबारीका पुष्कर शाहको घुँडा गत वर्ष सन् २०२३ सेप्टेम्वरदेखि अनुसन्धान गरिरहेको छ । पुष्कर शाहले २०५५-२०६६ सम्म ११ बर्ष लगाएर संसारका १५० मुलुकको यात्रा साइकलबाट पुरा गरेका थिए ।
विश्व साइकल यात्रा समाप्तिपछि उनले संसारभरिको झण्डा लिएर २०६७ जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थिए । हालसम्म झन्डै ३ लाख किलोमिटर साइकल कुदाइ सकेका शाह आफैमा एउटा शाहसिक व्यक्तिमा पर्छन् ।
एउटा मान्छेको जीवनमा ३ लाख किलोमिटर दुरी साइकलमा प्याडलिंङ्ग गर्नु सामान्य कुरा हैन । यति लामो दुरी प्याडलिंङ्ग गर्ने घुँडाको अध्ययन / अनुसन्धान गर्नु विज्ञानको लागि अर्को नौलो कुरा हुनसक्छ । विज्ञानको क्षेत्रमा संसारको पछिल्लो अति विकसित ११ टेस्लाको एमआरआइ मेसिनद्वारा साइकलयात्री शाहको घुँडा अनुसन्धान भइरहेको छ । शाह चर्चित नेपाली पत्रकार प्रेम बानियासँगको सहकार्यमा ‘ब्याक टु नेपाल २०३०’ को अभियान चलाइरहेका छन् । गत वर्ष शाहले संयुक्तराज्य अमेरिकाको ५० वटै राज्यमा साइकलबाट घुमेका थिए । उक्त साइकल यात्राको क्रममा स्ट्यानफोर्ड विश्वविद्यालयका डाक्टरहरूको एउटा समूहले शाहको घुँडा अनुसन्धान गर्ने चासो देखाएको थियो ।
रेडियोलोजिस्ट डा.सागर वाग्लेको पहलमा डा. शशी शिंह , डा. अनन्या गोयल, डा.रसेल सलित, प्रोटोकल डाइरेक्टर डा. फेलिका कोगानको समूहले विगत एक वर्षदेखि उनको घुँडाको अनुसन्धान गरिरहेको छ । यस वर्ष सेप्टेम्बरमा दोश्रो पटक उनको घुँडालाइ एमआरआइ राखिएको थियो ।
पुष्कर शाहको घुँडाको अनुसन्धानबाट खेल जगत र स्वास्थ्य क्षेत्रमा एउटा नया तथ्य निस्कने अनुसन्धान लागेका रेडियोलोजिस्ट डा.वाग्ले बताउँछन् । ‘हरेक मान्छेको जीवनमा घुँडाको पाँङ्ग्रा कति पटक घुम्ने भन्ने प्राकृतिक नियम हुन्छ । मेरो घुँडाको पाँङ्ग्राको नियम पनि उस्तै होला । पृथ्वीलाइ ७ फन्को नाप्न पुग्ने दुरी प्याडलिंङ्ग गरी सक्दा पनि घुँडामा कुनै असर नहुनु विज्ञानलाइ अनौठो लाग्न सक्छ ।’ डा.रसेलको प्रश्नमा साइकलयात्री शाह भन्छन ।
स्ट्यानफोर्ड, युनिभर्सिटी क्यालिफोर्नियामा रहेको निजी अनुसन्धान विश्वविद्यालय हो । ८,१८० -एकर क्षेत्रफलमा फैलिएको यो विश्वविद्यालय संयुक्तराज्य अमेरिकामा सबैभन्दा ठूलो मध्ये एक हो । स्ट्यानफोर्ड युनिभर्सिटी विज्ञानको क्षेत्रमा नयाँ नयाँ अनुसन्धान गरेर विश्व प्रसिद्ध छ । विश्वप्रसिद्ध साइकलयात्री पुष्कर शाहको घुँडाको अनुसन्धान गरेर स्ट्यानफोर्ड युनिभर्सिटीले अनुसन्धानको दुनियाँमा अर्को नयाँ तथ्य सार्वजनिक गर्ने प्रयास गरिरहेको छ l
प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेतचितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...
भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेतभीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...
विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेतभारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...
अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेतदोलखा जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेतट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...
दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेतनेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...