विद्युत उत्पादन बन्द हुँदा माथिल्लो तामाकोशी जलबिधुत आयोजना दैनिक ४ करोड रुपैयाँ घाटामा

साझा दृष्टि संवाददाता
Screenshot

साझा दृष्टि संवाददाता

दोलखा १६ , आश्विन

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङले माथिल्लो तामाकोसी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे ।

सन्चालनमा रहेका जलविद्युत् गृहमध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीबाट चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल थालिएको छ ।

अघिल्लो शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण आएको पहिरोले दोलखा बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्‍याएको छ ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको छ ।

कन्ट्रोल रुम भवन र त्यहाँ रहेका उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । डिस्यान्डरमा रहेका दुई पोखरीमा लेदो, गेग्र्यान, ठुल्ठूला ढुंगा थुप्रिएका छन् । दुइटा पोखरी प्रत्येकमा ७५/७५ हजार घनमिटर लेदो, ढुंगा लगायत थुप्रिएको अनुमान छ ।

कन्ट्रोल रुम भवन, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको हो । कन्ट्रोल रुममा कार्यरत कम्पनीका दुई कर्मचारी र सुरक्षाका लागि खटिएका दुई सैनिक गरी चार जनाको मृत्यु भएको थियो । खहरे खोलामा अझै माथिबाट लेदो आइरहेको र ढुंगासमेत खसिरहेको छ ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो जसका कारण आयोजना संरचनाको सम्भावित क्षति रोकिएको थियो ।

बाँधबाट डिस्यान्डरबीच रहेको कल्भर्टमा पुगेको क्षति अझै यकिन गर्न सकिएको छैन । विद्युत् उत्पादन बन्द हुँदा माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको प्रवर्द्धक कम्पनीले दैनिक ४ करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत टोली विज्ञ समूहसहित मंगलबार आयोजनास्थल पुगी पहिरोले पुर्‍याएको क्षतिको जानकारी लिएको छ ।

टोलीले संरचना मर्मत गरी विद्युतगृह सञ्चालन गर्ने विभिन्न विकल्पबारे विज्ञ समूह र कम्पनी व्यवस्थापनसँग छलफल गरेको थियो । टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बीमा गरिएको राष्ट्रिय बीमा संस्थानका सर्भेयर सहभागी थिए ।

राज्यमन्त्री तामाङले माथिल्लो तामाकोसी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठूलो क्षति भइरहेकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन जतिसक्दो छिटो सुरु गर्नुपर्ने बताए । यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको राज्यमन्त्री तामाङले उल्लेख गरे ।

Screenshot

 

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर सञ्चालक समिति अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक घिसिङ पहिरोले नियन्त्रण कक्ष, डिस्यान्डर, कल्भर्ट लगायत संरचनामा ठूलो क्षति पुर्‍याएको बताउँछन् ।

अझै पनि खहरे खोलामा बाढी आइरहेको र उक्त संरचना रहेको स्थानभन्दा माथि ठुल्ठूला ढुंगा देखिएको उल्लेख गर्दै घिसिङले उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्भेमार्फत समग्र भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए ।

‘डिस्यान्डरमा थुप्रिएको ढुंगा, लेदो लगायत हटाएपछि मात्र उक्त संरचनामा पुगेको क्षति यकिन गर्न सकिने देखिएको छ, त्यसैले सबैभन्दा पहिले ढुंगा, लेदो लगायत हटाउन लागेका छौं,’ उनले भने ।

उनका अनुसार सञ्चालनमा रहेको सबैभन्दा ठूलो विद्युतगृह बन्द हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्तिका लागि समस्या त परेकै छ, यसबाट वर्षायामको विद्युत् निर्यात पनि नराम्ररी प्रभावित भइरहेको छ । विद्युतगृह चलाउन सकिएन भने हिउँदमा आन्तरिक विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण रहने देखिएको छ । त्यसबाट जतिसक्दो छिट्टो विद्युतगृह सञ्चालन गर्न हरसम्भव उपाय लगाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रसाद गौतमले विज्ञ समूहबाट विद्युतगृह सञ्चालन गर्न विभिन्न सुझाव प्राप्त भएको र तिनलाई समेटेर मर्मत सम्भारका उपाय अवलम्बन गरी कार्ययोजना साथ काम सुरु गरिसकिएको बताए ।

‘बाँधमा रहेका गेट चलाउन र डिसेन्डर सफा गर्न गोङ्गरबाट लगिएको ११ केभी विद्युत् लाइन मर्मत सम्भार गरी चालु गर्ने र पावर ट्रान्सफर्मर तथा केबुल प्राधिकरणबाट जडान प्रक्रिया सुरु भइसकेको छ,’ गौतमले भने ।

उनले विद्युतगृह रहेको गोङ्गरबाट बाँधस्थलतर्फ जाने प्रवेश सडक अन्तर्गत काभ्रे भीर नजिक करिब १ सय मिटर सडक भासिएकाले आवागमन असहज भएको बताए ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.