सामाजिक सेवा पुरस्कार २०८० पत्रकार मास्केलाइ प्रदान
साझा दृष्टि संवाददाता
चैत २३ दोलखा । मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको ३१ औँ साधारणसभा तथा ३२ औँ वार्षिक उत्सवको अवसरमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य एवं पत्रकार चिरञ्जीवी मास्केलाई पुरस्कृत गरिएको छ ।
हुराडेक नेपालको संस्थापक एवं राजनीतिज्ञ स्व.पशुपति चौलागाईको स्मृतिमा स्थापना गरिएको स्व.पशुपति चौलागाई स्मृति मानव अधिकार, सामाजिक सेवा पुरस्कार– २०८० बाट पत्रकार मास्केलाई रु.१० हजार नगदसहित पुरस्कृत गरिएको हो ।
पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका सांसद भरतबहादुर केसीले अधिकारकर्मीहरूले अब आर्थिक अधिकार र विकासको अधिकारको विषयमा समेत आवाज उठाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।
हुराडेक नेपालका अध्यक्ष एवं दोलखाका इन्सेक प्रतिनिधि उद्धव प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुरस्कृत पत्रकार चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल वार एशोसियसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, हुराडेक नेपालका पूर्व अध्यक्ष होम पाठक र सचिव जिवसराज खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
