दुर्घटनामा एकै टोलका ५ जनाको मृत्यु, गाउँ नै शोकमा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

अछाम: आइतबार चैत ११ गते पहाडको होली थियो। अछामका प्रत्येक गाउँटोलमा होलीको रौनक थियो। मेल्लेख गाउँपालिका १ ऋषिदहका लालबहादुर धामी लगायत ४ जनाले षोडशाको माडीगडामा खेलिने होली हेर्ने सल्लाह गरेका थिए।

लालबहादुर धामी उनका बुवा ५५ वर्षीया रंग धामी र अन्य दुई ४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी बन्दै गरेको साँफे मेल्लेख सडकमा जालीमा ढुंगा भर्ने काम गर्दथे। होली हेर्न साँफेबगर नगरपालिका ४ को भण्डारी गाउँ ससुराली जाने तयारीमा थिए लालबहादुर।

संगै काम गर्ने साथीहरु र षोडशा जाने ट्याक्टर फेला परेपछि उनी पनि माडिगडा पुगे। उनीहरु चारै जना ०१००२ त ४९७९ नम्बरको ट्याक्टरमा चढेर होली हेर्न माडीगडा पुगेका थिए। उनीहरुले पछिल्लो दिन कामबाट फर्कंदा सोही ट्याक्टरमा फर्किने निधो गर्दे होली खेल्नतिर लागे।

पछिल्लो दिन काममा फर्किनु पर्ने भएकाले उनीहरु बिहानै त्यही ट्याक्टरमा चढेर फर्किए। नन्देगडाको सुयडा पुगेपछि खाजा खाने भन्दै रोकिए। खाजा खाएपछि ५ जना चालकसँगै अगाडि र लालबहादुर लगायत ३ जना पछाडि ढालामा बसे। गाडी चालक जनक धामीले ट्याक्टर अगाडि बढाउनै लाग्दा एक्कासी गड्याङगुडुग हुँदै सडकबाट तल खस्यो।

लालबहादुरको आँखा अगाडि रात परेजस्तै भयो। उनले भने,‘एकछिन पछि मानिसहरुको भीड लाग्यो। आफूहरुलाई खुट्टाहात अनि अनुहारका चोट लागेको थियो। अगाडि बसेबा बुवालाई खोज्न थालें, ट्याक्टर मुनि ५ जना चेपिएको देखें। त्यो अवस्था देख्दा बुवा बाचे होलान् भन्ने लागेन।’

घरको आर्थिक अवस्था कमजोर भएका कारण बुवा छोरा नै मजदुरी गर्दै आइरहेको उनले बताए। दुर्घटनामा घाइते लालबहादुर र हंस धामीको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। अगाडि बसेका लालबहादुरका बुवा ५५ वर्षीया रंग धामी र ४५ वर्षीया प्रेम धामी,३७ वर्षीया नरबहादुर धामी,१५ वर्षीया जनक धामी र ट्याक्टर चालक २१ वर्षीया जनक धामीको ज्यान गइसकेको थियो।

मृतक १५ वर्षीया जनक साँफेबगरको होटलमा काम गर्थे। होली खेल्न र हेर्न उनी गाउँ गएका थिए। एकै वडा, एकै टोलका ५ जनाको मृत्यु भएको घाइते लालबहादुरकी श्रीमती चन्द्राकला धामीले बताइन्। उनले भनिन्, ‘घरमा दुई पैसा बढी आउला भनेर बुवा छोरा नै मजदुरी गर्थे। खाने परिवार ठुलो छ। घरमा सहयोग हुन्छ भनेर ससुरा पनि ज्यालादारी काम गर्थे। दैवले ससुरालाई खोसेर लग्यो। श्रीमान् घाइते छन्। किरिया बस्नै मान्छेसमेत छैनन्। खान लगाउन मुस्किल छ झन् यस्तो विपत आइलाग्यो। गरिबलाई जताबाट दुख मात्र।’

भारतमा नोकरी गर्दै आएका लालबहादुरको परिवार एक वर्ष पहिले गाउँ फर्किएका थिए। मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ। रंगहरुको पर्व होलीको रंग मेटिन नपाउँदै मेल्लेख गाउँपालिका शोक डुबेको छ। मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख सन्तोष पाठकले बताए। सोमबार बिहान ९ बजेर ४५ मिनेटमा ट्याक्टर एक्कासी अनियन्त्रित भइ २०० मिटर तल खसेको डीएसपी पाठकले जानकारी दिए।

बयालपाटा अस्पतालमा घाइते र उनीहरुका आफन्त।

भीमेश्वर नगर भित्रका १ सय १४ जना स्वयंसेविकाहरु सम्मानित
7 घण्टा अगाडि राजन बस्नेत

२१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा आयोजित भीमेश्वर नगरपालिका भित्र कार्यरत १...

‘अस्थायी शिक्षकलाई बिदा, स्थायीलाई पुनः परीक्षा’
साझा दृष्टि संवाददाता

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बुधबार विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो । समिति सभापति अम्मरबहादुर...

माथिल्लो तामाकोसी जलविद्युतको कार्यलाई संसद देखी लामाबगर सम्म पुर्याउने भीमबहादुर
राजन बस्‍नेत

बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत आयोजना पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ निर्माण सुरु भएको ११ वर्षपछि आज पहिलो...

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
राजन बस्नेत

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी...

गौरीशंकरमा खस्यो ७ हजार ५ सय ७९ मत : कस्ले मार्ला बाजी
राजन बस्नेत

दोलखास्थित गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको मतगणना आज (आइतबार) सुरु नहुने भएको छ । ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन ढिला...

सुनको मूल्यमा उच्च गिरावट एकैदिनमा १५ हजार ९०० घट्यो
राजन बस्नेत

सुनको मूल्य एकैदिन तोलामा झन्डै १६ हजार रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर...

.