गत चैत्र ६ गते घरबाट निस्केका ७१ बर्षिया शिवाकोटी मृत फेला

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

चैत १२ दोलखा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीबाट हराएका एक बृद्ध शंखरापुर नगरपालिका वडा नम्बर ३ को जहरशिंह पौवा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका छन् ।

मुलपानीको राधाकृष्ण मन्दिरनजिक आफ्नै निवासबाट गत चैत ६ गते दिउँसो निस्केका ७१ बर्षिय टंक प्रसाद शिवाकोटी आज मृत अवस्थामा फेला परेका हुन् ।
दोलखाको भिमेश्वर नगरपालिका स्थायि घर भएका शिवाकोटी मोबाइल घरमै छोडेर निस्केका थिए । त्यसपछि उनि बेपत्ता भएका थिए । उनको शव जहरशिंह पौवा सामुदायिक वनको फेदीको जंगलमा भेटिएको हो ।
९ वटा विद्यालयका प्रधानाध्यापक चलाएका साथै तात्कालिन जनकपुर अंचलका विशिष्ट श्रेणीका प्रधानाध्यापकको उपमा पाएका शिवाकोटी जिल्ला शिक्षा कार्यालय दोलखामार्फत जिल्ला भरीका विद्यालयमा प्रशिक्षणसमेत दिने गरेका थिए ।
उनको मृत्यु बारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.