स्लो बाइक रेस प्रतियोगिताको उपाधि काजी लामाको पोल्टामा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

चैत ११ दोलखा ।सरल नेपाल दोलखा र चरिकोट युव क्लबको आयोजनामा चरिकोटमा होली फेस्ट २०८० कार्यक्रम सम्पन्न भएको छ ।

होलीको अवसरमा सदरमुकाम चरिकोट सातदोबाटोमा स्लो बाइक रेस सिजन ३ पनि यस वर्षको होलीमा सम्पन्न भएको छ ।

स्लो बाइक रेस प्रतियोगितामा सहभागी ३६ जना मध्ये काजी लामा प्रथम, जेम्स शेर्पाले दोश्रो, अन्जन जोशी तेश्रो र जीवन जोशीले सान्त्वना स्थान हासिल गरेका छन ।विजयी खेलाडीलाई नगद रु १० हजार, ७ हजार ५ सय , ५ हजार र २ हजार ५ सय नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको सरल नेपाल दोलखाका अध्यक्ष सौगात थापाले जानकारी दिए ।

३६ जना प्रतिस्पर्धि सहभागी प्रतियोगितामा ढिलो बाइक कुदाउने लाई विजयी घोषणा गरिएको हो।दुईवटा संस्थाले अघिल्ला वर्षहरुमा पनि यस्तै मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएका छन्।
स्लो बाइक रेस संगै संस्थाले होलि विशेष साँस्कृतिक कार्यक्रम,खुल्ला डान्स समेत प्रस्तुत गरेको थियो कार्यक्रम सन्चालक बिस्णु सिवाकोटीले बताए ।

कार्यक्रम भिमेश्वर नगरपालिका मेयर इश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न सरल नेपाल दोलखाका अध्यक्ष्य सौगात थापा र चरिकोट युवा क्लबका उपाध्यक्ष किरण घिसिङको सयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो।

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाता

चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

.