गौरीशङ्करको सुरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

चैत ९ दोलखा ।दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुरीको तिनेखु भन्ने ठाउँबाट सिङ्गटी बजार तर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठूलो चौतारा भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा ट्याक्टर चालक गौरीशङ्कर ५ तिनेखुको २२ /२३ वर्षका वुद्धवीर तमाङ र गौरीशङ्कर ५ भोर्लेका अन्दाजी ४५ वर्षका अमृत तमाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका भोर्लेकै पेम्बा तमाङलाई उपचारका लागि सिङ्गटी ल्याइएको छ ।

ट्याक्टर सडकबाट करिव ५० मिटर तल झरेको घटनास्थलबाट स्थानीय आइते तमाङले साझा दृस्टी अनलाइनलाई जानकारी दिए । अहिले घटनास्थमा इलाका पप्रहरी कार्यालय सिङ्गटीको टोली पुगेको अनुसन्धान गरिरहेको छ ।

नया बर्षको अबसरमा दोलखाको शैलुङमा वृहत “तम्बा महोत्सव
साझा दृष्टि संवाददाता

बैशाख १ दोलखा । दोलखा धार्मिक तथा पर्यटकीय स्थल शैलुङ थुम्कामा नव वर्ष २०८१ को अवसरमा वृहत “तम्बा महोत्सव-२०८१...

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु
साझा दृष्टि संवाददाता

डढेलोमा परी ३ जना नेपाली सैनिकको मृत्यु भएको छ । डोल्पाको दुनैस्थित ठुलीभेरी नगरपालिका–४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको...

सामाजिक सेवा पुरस्कार २०८० पत्रकार मास्केलाइ प्रदान
साझा दृष्टि संवाददाता

चैत २३ दोलखा । मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको ३१ औँ साधारणसभा तथा ३२ औँ वार्षिक...

च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट हाम फालेकि नर्सको मृत्यु
साझा दृष्टि संवाददाता

चैत २२ दोलखा । सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको...

दुर्घटनामा एकै टोलका ५ जनाको मृत्यु, गाउँ नै शोकमा
साझा दृष्टि संवाददाता

अछाम: आइतबार चैत ११ गते पहाडको होली थियो। अछामका प्रत्येक गाउँटोलमा होलीको रौनक थियो। मेल्लेख गाउँपालिका १ ऋषिदहका लालबहादुर...

धारिलो हतियार प्रहार गरी श्रीमान गरे श्रीमतिको हत्या
साझा दृष्टि संवाददाता

बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोहलपुर १४ पर्वतिपुर स्थित हेम्पाइप...

.