गौरीशङ्करको सुरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

चैत ९ दोलखा ।दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ सुरीमा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

सुरीको तिनेखु भन्ने ठाउँबाट सिङ्गटी बजार तर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठूलो चौतारा भन्ने ठाउँ नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा ट्याक्टर चालक गौरीशङ्कर ५ तिनेखुको २२ /२३ वर्षका वुद्धवीर तमाङ र गौरीशङ्कर ५ भोर्लेका अन्दाजी ४५ वर्षका अमृत तमाङ रहेका छन् । दुर्घटनामा परी घाइते भएका भोर्लेकै पेम्बा तमाङलाई उपचारका लागि सिङ्गटी ल्याइएको छ ।

ट्याक्टर सडकबाट करिव ५० मिटर तल झरेको घटनास्थलबाट स्थानीय आइते तमाङले साझा दृस्टी अनलाइनलाई जानकारी दिए । अहिले घटनास्थमा इलाका पप्रहरी कार्यालय सिङ्गटीको टोली पुगेको अनुसन्धान गरिरहेको छ ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.