राकेश श्रेष्ठको विशेष पहलमा कक्षा १२ का विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा


चैत ८ दोलखा । जी.पी कोईराला फाउण्डेशन दोलखाले कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा दिने भएको छ ।
बुधबार दोलखाको सदरमुकाम चरिकोटमा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसर पारेर एक कार्यक्रका विच कक्षा सञ्चालको उद्घाटन नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले गरेका थिए । कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै लामाले दोलखा जिल्लाका आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन अत्यन्त महत्वपूर्ण विषय भएको ले निःशुल्क कक्षा समय सान्दर्भिक भएको बताए । स्व. गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिकका शिखर पुरुष भएको र लोकतान्त्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेता भएको बताए । उने स्वर्गिय गिरिजाप्रसाद कोईरालालाई सधै सम्झनु पर्ने बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै दोलखा कांग्रेसका नेता तथा भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले आदर्श पुरुष स्व. भिमबहादुर तामाङलाई सम्झदै तमाङले देखाएको बाटो हिड्नु पर्ने आवश्यकता अौल्याए । स्वर्गीय तमाङले स्थापित गरेको ‘पहिचान भेटिने जातिय द्वन्द मेटिने’ आदर्श वाक्यलाई अनुशरण गरे देशमा शान्ति हुने बताए ।
कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी,नेपाल शिक्षक सङ्घका केन्द्रिय उपमहासचिव गिता शिवाकोटी,नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिव दावा साङ्गे शेर्पा , क्षेत्रीय सभापति शुक्रराज तमाङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल तरुण दलका केन्द्रीय सदस्य भिम खड्का, नेपाली काङ्ग्रेस दोलखाका नेता विराजमान श्रेष्ठ,पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङ्कर चौलागाईं, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको कालिन्चोक माध्यमिक विद्यालयमा सञ्चालन गरिने तयारी कक्षामा विद्यार्थीहरुलाई कोचिङ कक्षामा अनिवार्य अंग्रेजी, अकाउन्ट, ऐच्छिक गणित, विज्ञान विषय पढाइने शिक्षक निरज आचार्यले बताए ।
जिपी फाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई १ महिना निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने आगामी दिनमा यो अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
चरिकोट शाखाका केन्द्र प्रमुखहरुलाइ वित्तीय साक्षरता प्रदान गर्दै कालिका लघुबित्त
युवा सकारात्मक परिवर्तनका संवाहक हुन
2 घण्टा अगाडि साझा दृष्टि संवाददातानेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई...
स्व. गिरिजाप्रसाद कोईरालाको स्मृतिमा सभापति लामाले गरे निःशुल्क कोचिङ कक्षाको उद्घाट
3 घण्टा अगाडि राजन बस्नेतपूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पाटि सभापति स्व. गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा जी.पी. कोईराला फाउन्डेसन...
नयाँ वर्षको अवसर पारी चरिकोटमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरीने
राजन बस्नेतसडकमै खाऔँ, सडकमै रमाऔँ – रैथाने स्वाद र संस्कृतिसँगै नयाँ वर्ष चरिकोटमा मनाऔँ भन्ने नारासहित नयाँ वर्षको अवसरमा चरिकोटमा...
नेपाल विद्यार्थी संघ दोलखाको क्षेत्रीय अध्यक्षमा नोर्गेन शेर्पा र सन्देश कोइराला चयन
राजन बस्नेतनेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखाले क्षेत्र नं १ (प्रदेश सभा ‘क’ र ‘ख’) का अध्यक्षहरू चयन गरेको छ। संगठनले...
अष्ट्रेलिया पढ्न जान ‘ ग्लोबल कन्सल्टमा भर्ना अभियान’
राजन बस्नेतकाठमाण्डौं , विदेशमा पढ्न जाने विद्यार्थीहरु माझ भरपर्दो कन्सल्टेन्सीका रुपमा परिचित ग्लोबल कन्सल्ट काठमाण्डौंले ‘अष्ट्रेलिया एडमिसन डे’ को आयोजना...
९८.९९ प्रतिशत अंक दाबी गरेका कुलमानलाई सरकारले दियो शून्य अंक
साझा दृष्टि संवाददातानेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको छ। आर्थिक वर्ष २०८०/८१...