राकेश श्रेष्ठको विशेष पहलमा कक्षा १२ का विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

चैत ८ दोलखा । जी.पी कोईराला फाउण्डेशन दोलखाले कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा दिने भएको छ ।

बुधबार दोलखाको सदरमुकाम चरिकोटमा पूर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसर पारेर एक कार्यक्रका विच कक्षा सञ्चालको उद्घाटन नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले गरेका थिए । कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै लामाले दोलखा जिल्लाका आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षा सञ्चालन अत्यन्त महत्वपूर्ण विषय भएको ले निःशुल्क कक्षा समय सान्दर्भिक भएको बताए । स्व. गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिकका शिखर पुरुष भएको र लोकतान्त्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेल्ने नेता भएको बताए । उने स्वर्गिय गिरिजाप्रसाद कोईरालालाई सधै सम्झनु पर्ने बताए ।


कार्यक्रममा आफ्नो भनाई राख्दै दोलखा कांग्रेसका नेता तथा भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले आदर्श पुरुष स्व. भिमबहादुर तामाङलाई सम्झदै तमाङले देखाएको बाटो हिड्नु पर्ने आवश्यकता अौल्याए । स्वर्गीय तमाङले स्थापित गरेको ‘पहिचान भेटिने जातिय द्वन्द मेटिने’ आदर्श वाक्यलाई अनुशरण गरे देशमा शान्ति हुने बताए ।

कार्यक्रममा तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी,नेपाल शिक्षक सङ्घका केन्द्रिय उपमहासचिव गिता शिवाकोटी,नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिव दावा साङ्गे शेर्पा , क्षेत्रीय सभापति शुक्रराज तमाङ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडा, नेपाल तरुण दलका केन्द्रीय सदस्य भिम खड्का, नेपाली काङ्ग्रेस दोलखाका नेता विराजमान श्रेष्ठ,पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङ्कर चौलागाईं, नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धर लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।


दोलखाको सदरमुकाम चरिकोटमा रहेको कालिन्चोक माध्यमिक विद्यालयमा सञ्चालन गरिने तयारी कक्षामा विद्यार्थीहरुलाई कोचिङ कक्षामा अनिवार्य अंग्रेजी, अकाउन्ट, ऐच्छिक गणित, विज्ञान विषय पढाइने शिक्षक निरज आचार्यले बताए ।

जिपी फाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई १ महिना निःशुल्क कोचिङ कक्षा सञ्चालन गरिने आगामी दिनमा यो अभियानलाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.