आगोले जलेर घाइते भएकी बालिकाको मृत्यु
साझा दृष्टि संवाददाता
खाडाचक्र नगरपालिका-५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको आगोले जलेर घाइते भएकी बालिकाको ज्यान गएको छ। आगोमा घाइते भएकी १२ वर्षीया हेमन्ती चौलागाईको मृत्यु भएको हो। उनको सोमबारै सुर्खेतस्थित गिरीघाट खोलामा दाहसंस्कार गरिएको छ।
शुक्रबार घरमुनिको वनमा बुबासँग बाख्रा चराउन गएकी बालिका बुबा नन्दाराम चौलागाईसँगै आगोले पोलिएर घाइते भएकी थिइन्। घाइते बालिकालाई मान्म हुँदै जुम्लाबाट शनिबार बेलुकी हेलिकोप्टरमा सुर्खेत लगिए पनि उपचारका क्रममा आइतबार बेलुकी मृत्यु भएको प्रहरीको भनाइ छ।
वनमा चराउन लिएका उनीहरूका ४५ वटा बाख्रा सबै मरेका छन्। घरमा रहेका २ दिनका ६ वटा पाठा पनि दुध खान नपाएर मरेको बताइएको छ। आगोले पोलिएर घाइते भएका नन्दारामको उपचारको लागि कालीकोटका स्थानीय ब्यवसायी तथा आफन्त हिरामणि चौलागाईको पहलमा नन्दाराम बचाउ अभियान संचालन गरिएको छ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
