मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा युवकको घाँटी रेटी हत्या

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

धनुषामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। जिल्लाको जनकनन्दनी गाउँपालिका– २ बस्ने १८ वर्षीय कैफ नदाफको हत्या गरी स्थानीय आँपको बगैँचामा फालिएको अवस्थामा शव भेटिएको छ।
नदाफलाई गएराति १० बजे उनकै केही साथीले काम छ भन्दै घरबाट बाहिर बोलाएर लगेका थिए। पछि उनीबीच मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा नदाफका दुईजना साथीले घाँटी रेटेर हत्या गरेको धनुषाका डिएसपी रञ्जन अवालेले जानकारी दिए।
ad
छुराले घाँटी रेटेपछि गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएपछ उपचारको क्रममा राति २ बजे मृत्यु भएको हो। शव घर ल्याएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
डिएसपी अवालेका अनुसार हत्या अभियोगमा स्थानीय ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई पक्राउ परेका छन्। घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
12 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.