शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए सुवास नेम्वाङ
साझा दृष्टि संवाददाता
हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको भोलिमात्रै अन्तिम संस्कार गरिने भएको छ ।उनका दुवै छोरा विदेशमा रहेका र उनीहरू आएपछि मात्रै अन्तिम संस्कार हुने परिवारजनले बताएका छन् ।
दिवंगत नेम्वाङका भाइ सुरेश नेम्वाङका अनुसार जेठो छोरा मिङ्सो नेम्बाङ युकेबाट भोलि ४ बजे र कान्छो छोरा सुहाङ नेम्वाङ अष्ट्रेलियाबाट आज राति ११ बजे आइपुग्ने छन् ।
दुवै छोराहरू पुगेपछि अन्तिम संस्कार गरिने उनले बताए । त्यसअघि नेम्वाङको शव श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने छ । केहीबेरमा पार्टी कार्यालयमा शव राखिने तयारी भइरहेको छ ।
नेम्वाङलाई गए राति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका कारण निधन भएको हो ।
शीर्ष नेताहरु त्रिवि अस्पताल मा
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु पनि अस्पतालमा छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पनि अस्पतालमा छन्
चिकित्सकहरुका अनुसार, नेम्वाङ बाथरुममा बेहोस अवस्थामा भेटिएपछि परिवारले अस्पताल लगेका थिए । राति १ः५० बजे अस्पतालमा पुर्याइएपनि चिकित्सकहरुले त्यसअघि नै उनको निधन भइसकेको घोषणा गरेका थिए ।
नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि केहिवेरपछि एमाले पार्टी कार्यालय च्यासल लगिँदैछ । भोलि (बुधबार) सम्म उनको शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले बताए ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
