सहिद स्मृति आवासिय माबि जिरीकि छात्रा मेलिसा ढुङ्गेललाइ दोलखा स्पीकरणको उपाधि

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा ८ भाद्र । दोलखा स्पीकरणको उपाधि मेलिसा ढुंगेलले हात पार्न सफल भयकि छन् ।

सहिद स्मृति आवासिय मावि जिरीका छात्रा ढुंगेल दोलखा स्पीकरण वतृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएकी हुन् । राष्ट्रिय स्वाधिनता र वैदेशिक हस्तक्षेप विषयक वक्तृत्वकलामा प्रथम भएसँगै उनले नगद तीस हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

यसैगरी प्रतियोगितामा कालिञ्चोक गाउँपालिका–६, स्थित जनज्योति माविकी सविना थामीले दोस्रो स्थान हाँसिल गरेकी छन् भने पशुपति कन्या मावि भीमेश्वर नगरपालिकाकी विपना नेपाली तृतीय भएकी छन् । प्रथम र द्धितिय हुनेले क्रमशः नगद पुरस्कार बीस हजार र दश हजारसहित प्रमाणपत्र पाएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि दोलखा प्रतिनिधिसभा सांसद गंगा कार्की, प्रदेशसभा सांसद कुन्दनराज काफ्ले लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान प्रदान गर्नुभयो ।
दोलखाली समाज दक्षिण कोरियाले सदरमुकाम चरिकोटमा आयोजना गरेको प्रतियोगितामा निर्णायक रमेश प्रसाई लगायतले उनीहरुलाई विजेता घोषणा गर्नुभयको थियो।
प्रतियोगितामा जिल्लाका ९ पालिका स्तरमा संचालन भएका प्रतियोगिताबाट छनोट भएर आएका प्रतियोगिहरुले भाग लिएका आयोज ले जानकारी दिएको छ्न ।


कार्यक्रममा भीमेश्वर नगरपालिकास्थित पशुपति कन्या मावि, जिरी नगरपालिकास्थित सहिद स्मृति आवाशीय मावि, वैतेश्वर गाउँपालिकास्थित हनुमन्तेश्वर मावि, मेलुङ गाउँपालिकास्थित सत्यश्वर मावि, कालिञ्चोक गाउँपालिकास्थित जनज्योति मावि, तामाकोशी गाउँपालिका स्थित कालिका मावि र गौरीशंकर गाउँपालिकास्थित भुमेगुम्बा माविका प्रतिस्पर्धीहरु सहभागि भएका हुन् ।
दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभी थापाको अध्यक्षतामा भएको दोलखाली स्पीकर ग्राण्ड फिनाले कार्यक्रममा संघीय सांसद गंगा कार्की, प्रदेशसभा सांसद कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर र शिक्षा समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ लगायत मन्तव्य व्यक्त गरे ।
संस्थाका अध्यक्ष अभि थापाले युवाहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताए ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.