सामुदायिक वन दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा २६ साउन । दोलखाको सदरमुकाम चरिकोटमा “वन वातावरण तथा जलवायु परिवर्तन विषयक” कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। सामुदायिक वन दिवसको अवसरमा डिभिजन वन कार्यालयको सहकार्यमा सामुदायिक बन उपभोक्ता महासंघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा राईजिङ स्टार स्कुलकी छात्रा विपाशा खड्का प्रथम, पशुपति कन्या माविका छात्रा गंगा गाैतमले द्वितिय , कुटीडाँडा माविका छात्रा रिमना कार्की तृतीय र कालिञ्चोक माविकि छात्रा सिवानी श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।

विजयी प्रतियोगिताहरुलाई क्रमशः तीन हजार, दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरूलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जगन्नाथ बस्नेतले सम्मान गरेका थिए। सो अवसरमा मेयर मानन्धरले जलवायु परिवर्तनको असर समग्र प्राणीमा पर्ने भएकोले यसलाई न्युनीकरण गर्नु जरुरी रहेको बताए। उनले नगरपालिकाले वन तथा वातावरणीय संरक्षणको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै यसमा नगरबासीको साथ सहयोग महत्वपूर्ण रहेको बताए।

डिभिजन बन कार्यलय दोलखाका प्रमुख थिर बहादुर कार्की ले सामुदायिक बन एक स्वतन्त्र, अविछिन्न उत्तराधिकारीवाला, स्वशासित, गैरसाम्प्रदायिक, गैरराजनीतिक,मुनाफारहित एक सामुदाकि संस्था भएको धारणा व्यक्त गर्दै यसको संरक्षणमा सबै सम्बन्धित सरोकारवाला निकाय लाग्नु पर्ने स्पष्ट पार्नुभयो ।

“उत्पादन,रोजगार र सम्बृद्दिका लागी बन ब्यबस्थापन” भन्ने नाराका साथ भएको प्रतियोगिता सामुदायिक बन महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षता सम्पन्न भएको थियो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
