दोलखा काङ्ग्रेसको सांगठनिक स्वरुप मजवुत बनाउन गाउँ सेवादल गठन
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दाेलखा २३ साउन । नेपाली कांग्रेस केन्द्रीय समितिले घाेषणा गरेकाे कार्यक्रम तालिका अनुसार आज दाेलखा सदरमुकाम चरिकाेटमा आन्तरिक विशेष अभियान सुरू भएकाे छ ।

नेपाली कांग्रेस दाेलखाले पार्टीकाे सांगठनिक अबस्था मजबुत बनाउने उदेश्यले नेपाली कांग्रेसका जिम्मेवार नेताहरूलाई बैठकमा उपस्थित गराइएकाे पार्टी सभापति बर्मा लामाले जानकारी दिनुभयो ।

केन्द्रबाट प्रतिनिधि ताेकिएर आएका केन्द्रीय सदस्य मधु अार्चाय ,प्रदेश प्रतिनिधि कल्पना खड्का ,प्रदेश प्रनिधि हाेम प्रसाद चाैलागाई ले नेपाली कांग्रेसलाई मुलुकै लाेक प्रिय पार्टी कसरी बनाउने भन्ने याेजना प्रस्तुत गर्नु भएकाे छ।
केन्द्रीय सदस्य मधु अार्चायले गाउँ सेवादल तत्काल गठन गरि संगठन बिस्तार गर्दै जनप्रतिनिधि र सेवादल संग निरन्तर बैठक बसी नागरिककाे सेवामा अाफ्नाे याेजना अघि बढाउन आग्रह समेत गर्नु भयाे ।

आन्तरिक विशेष अभियान संचालन गरि नेपाली कांग्रेस दाेलखाकाे सांगठनिक स्वारूप मजवुत बनाउन भिमेश्वर नगरपालिकामा सुदर्शन कार्की संयाेजक ,भगवती शाह सहसंयाेजक,जिरी बाबुकाजी बस्नेत संयाेजक,मेनुका चाैलागाई सह सयाेजक,गाैरिशंकर गापामा संयाेजक छवि लामा,सहसंयाेजक विमल अार्चाय,शैलुङमा केशव चाैलागाई संयाेजक, छिरिङ डाेमा शेर्पा सहसंयाेजक,कालिञ्चाेक राकेश श्रेष्ठ संयाेजक,स्वास्थानी कार्की ,मेलुङमा ताराबहादुर कार्की संयाेजक,बिष्णु खत्री सहसंयाेजक,तामाकोसी गाेपाल तिमल्सिना संयाेजक, बिशाल कार्की सहसंयाेजक,बैत्यश्वर बमबहादुर तमाङ संयाेजक ,लेमु दहाल सहसंयाेजक ,बिगु पदम पाठक संयाेजक,पवित्रा दहाल सहसंयाेजकको जिम्मेवारी प्रदान गरिएको सभापति बर्मा लामाले साझा दृष्टि अनलाइनलाई जानकारी दिनुभयो ।
केन्द्रीय समितिले साउन २० देखि ३० गते सम्म चल्ने अान्तरिक विशेष अभियानकाे तयारी बैठक दाेलखामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रारम्भ भएकाे हाे ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

केन्द्रीय समितिले साउन २० देखि ३० गते सम्म चल्ने अान्तरिक विशेष अभियानकाे तयारी बैठक दाेलखामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रारम्भ भएकाे हाे ।