दोलखामा एक हजार बढी पशुमा कृत्रिम गर्भाधान
साझा दृष्टि संवाददाता
ईश्वर विश्वकर्मा
दोलखा २२ साउन । दोलखामा एक हजार भन्दा बढी पशुचौपायामा कृत्रिम गर्भाधान गराइएको छ।
गत आ.व २०७९/०८० मा एक हजार ३ सय ४० वटा पशुमा कृत्रिम गर्भाधान गराइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच सय १४ भैँसी, दुइ सय ८४ गाई र आठ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको जनाएको छ। केन्द्रका डाक्टर धुब्र डिसीले स्थानीय जातबाट नै वर्णशंकर जातको पशु उत्पादन गरी दुध तथा मासु उत्पादन वृद्धि गर्न, साँढे पाल्ने झन्झटबाट मुक्त हुन, हाडनाता प्रजनन हुनबाट रोक्न र संक्रामक रोगहरुबाट पशुचौपाया बचाउन कृतिम गर्भाधान गराइएको बताए। उनका अनुसार विज्ञ केन्द्रबाट एक सय ६२ र जिल्लाका स्थानीय तहका पशु सेवा शाखाबाट एक हजार एक सय ७८ वटा पशुको कृत्रिम गर्भाधान गराइएको हो।
सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा छ सय ४२, भीमेश्वर नगरपालिकामा दुई सय ४६, जिरी नगरपालिकामा एक सय ११, कालिञ्चोक गाउँपालिकामा ६६, विगुमा १७ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको हो । यस्तै तामाकोशी गाउँपालिकामा ३६, मेलुङ गाउँपालिकामा ३० र शैलुङ गाउँपालिकामा २९ वटामा गर्भाधान गराइएको छ। गौरीशंकर गाउँपालिकामा भने कृत्रिम गर्भाधान गराइएको छैन। कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने भएकोले साँढे र राँगोको विकल्पमा पशुहरुमा कृत्रिम गर्भाधान प्रति कृषकहरुको आकर्षण बढेको छ ।
पछिल्लो वर्षमा साँढे र राँगो पाल्ने क्रम हराउँदै गएको र कम पाउन छोडकोेले प्राकृतिक भन्दा पनि कृत्रिम गर्भाधान प्रति व्यवसायिक पशुपालक कृषकहरु आकर्षित हुदैँ भएको डाक्टर धुब्र डिसीले बताए। ” उन्नत जातको पशु र दुध उत्पादन पनि बढ्ने भएकोले कृत्रिम गर्भाधान आवश्यक छ ।” उनले भने।
यातायातको सहज पहुँच, दक्ष प्राविधिक र आवश्यक सामग्रीको उपलब्धता र सही समयमा कृत्रिम गर्भाधान गर्न सकिएमा यसबाट कृषकहरुले धेरै फाइदा लिन सक्ने उनले बताए ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
