दोलखा टोपाटारको पहिरोमा परि २ जनाको मृत्यु,२ जना अझै बेपत्ता

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजकुमार भुजेल (निर)

दोलखा २१ साउन। दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्।
गत बिहीबार राति अबिरल बर्षा सँगै आएको पहिरोमा परी उनिहरुको मृत्यु भएको हो। शुक्रबार बिहान टोपबहादुर थामीको १५ महिने बालक प्रिन्स थामीको शव सहित देवि माया मगरको शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । बेपत्ता भएका थप २ जनाको भने शुक्रबार देखि नै खोजी कार्य भैइहेको छ । बेपत्ता हुनेमा कृष्ण मगर र हरिलाल श्रेष्ठ रहेका छन । उनीहरूको हाल नेपाली सेना,जनपद,सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । पहिरोमा परी तीन जना गम्भीर घाईते भएका छन । स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सिता थामी गम्भीर घाईते भएका हुन् । उनीहरुलाई शुक्रबार दिउँसो हेलिकप्टरबाट मार्फत उद्धारा गरी २ जनाको काठमाण्डौको केएमसी अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै वडा नम्बर ७ र ८ मा ३२ वटा भन्दा बढी घरमा क्षति गरेको छ । पहिरोले विद्युतका पोलहरू बगाएको छ भने ग्रामीण सडक अवरुद्ध भएको छ । वडा नं ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ भने २० भन्दा बढी घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.