गौरीशंकर पहिरो अपडेट: १५ महिने बालकसहित २ जनाको शव फेला ! अझै २ जना बेपत्ता
साझा दृष्टि संवाददाता
गौरीशंकर पहिरो अपडेट: १५ महिने बालकसहित २ जनाको शव फेला, अझै २ जना बेपत्ता
राजकुमार भुजेल (निर)
दोलखा १९ साउन। दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका थप एक महिलाको शव फेला परेको छ । गएराति परेको भिषण बर्षाका कारण पहिरो जादा बेपत्ता भएका ४ जना मध्ये विहान एक बालकोे र हाल एक महिलाको शव फेला परेको हो । आज विहान टोपबहादुर थामीको १५ महिने बालक प्रिन्स थामीको शव फेला पारेको थियो भने अहिले देवि माया मगरको शव फेला परको दोलखाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिपक खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता भएका थप २ जनाको खोजी भैरहेको छ । बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका–७ मार्वु टोपाटारका कृष्ण मगर र हरिलाल श्रेष्ठ रहेका छन । उनीहरूको हाल नेपाली सेना,जनपद,सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । पहिरोमा परी तीन जना गम्भीर घाईते भएका छन । स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सिता थामी गम्भीर घाईते भएका हुन । उनीहरु लाई हेलिकप्टरबाट उद्धारा गरी २ जनाको काठमाण्डौको केएमसी अस्पतालमा उपचार भैरहेको छ । गए राति परेको वर्षाले गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ मा ३२ वटा भन्दा बढी घरमा क्षति गरेको छ । पहिरोले विद्युतका पोलहरू बगाएको छ भने ग्रामीण सडक अवरुद्ध पारेको छ । विद्युतका पोलहरु बगाएको कारण वडाहरु तथा प्रहरीहरुमा हाल सम्पर्क हुन सकेको छैन ।
त्यसैगरी टोपाटार परी गौरीशंकर गाउँपालिका– ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ भने २० भन्दा बढी घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन । केही चौपाया पहिरोमा पुरिएको गौरीशंकर–८ का वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुगेको छ। घटना स्थल सदरमुकाम चरिकोटबाट करिब ५५ किलोमिटर उत्तरमा पर्दछ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
