दोलखामा एसईईमा उत्कृष्ट हुने विद्यार्थीलाई अनेरास्ववियुको सम्मान
साझा दृष्टि संवाददाता
ईश्वर विश्वकर्मा
दोलखा १९ साउन । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट हुने २० जना विद्यार्थीलाई सम्मान गरिएको छ । नेकपा एमाले निकट
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार विद्यार्थीहरुलाई सम्मान गरेको हो । चरिकोटमा आयोजित कार्यक्रममा अनेरास्वीयुका केन्द्रीय महासचिव नरेश रोकाय नेकपा एमालेका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतले सम्मान पत्रले उत्कृष्ट विद्यार्थी तथा अविभावकलाई सम्मान गरिएको हो। थप उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको अनेरास्वीयु दोलखाका सहसंयोजक आरसी खड्काले बताए। उनका अनुसार नौ स्थानीय तहका सामुदायिक विद्यालयबाट उत्कृष्ट हुने एक छात्रा र छात्र गरी नौ पालिकाको १८ जना र जिल्ला उत्कृष्ट हुने एक छात्र, एक छात्रा गरी २० जनालाई सम्मान गरिएको हो । उत्कृष्ट विद्यार्थीहरुलाई अध्ययनमा अझै उत्कृष्टता कायम राख्न प्रोत्साहन स्वरुप सम्मानित गरिएको उनले बताए।
‘देशभरका सम्पुर्ण प्रगतीशिल जनवादी तथा देशभक्त विद्यार्थीहरु एकजुट होऔँ’ भन्ने मुल नाराका साथ विद्यार्थीहरुलाई लक्षित गरी दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको छ। कार्यक्रममा अनेरास्वियुका महासचिव नरेश रोकाय लगाएत केन्द्रिय कमिटी सदस्यहरु पार्टीका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
