भीमेश्वर ५ ले विपन्नलाई एम्बुलेन्स भाडा दिने
साझा दृष्टि संवाददाता
ईश्वर विश्वकर्मा
दोलखा १६ साउन । दोलखाको भीमेश्वर नगरपालिका-५ ले आर्थिक रुपमा विपन्न बिरामीलाई एम्बुलेन्स भाडा प्रदान गर्ने भएको छ । वडाले आर्थिक रुपमा कमजोर व्यक्ति बिरामी भएमा काठमाडौंसम्मको एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको हो । आफ्नो वडाका विपन्न बिरामीलाई उपचारको लागि काठमाडौं जानुपर्ने पर्ने भएमा एम्बुलेन्स भाडा बापत ५ हजार रुपैयाँ प्रदान गर्ने वडाले जनाएको छ । वडाध्यक्ष बासु श्रेष्ठले मंगलबार वडा समितिको बैठकले विपन्न पहिचान भएका बिरामीलाई काठमाडौंसम्मको एम्बुलेन्स भाडा प्रदान गर्ने निर्णय भएको बताए। विपन्न बिरामीलाई उपचार सेवा लिन सहज होस् भनेर बैठकले सो निर्णय गरेको उनले बताए। वडाध्यक्ष श्रेष्ठले बिरामीलाई काठमाडौं लैजानु अघि वडा जानकारी गराई निवेदन दिएमा एम्बुलेन्स भाडा बापत रकम उपलब्ध गराउन सिफारिस गरिने जानकारी दिए। रकम अभावकै कारण विपन्न नागरिकलाई उपचार सेवाबाट वञ्चित भई अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको वडा समितिले जनाएको छ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
