गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको गंगालाल हृदयरोग केन्द्रको पुष्टि

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको छ ।

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तमाङको आज निधन भएको हो । उपाध्यक्ष तमाङको निधन भएपनि अस्पतालले औपचारिक घोषणा गरेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना भएका तमाङको आज उपचारका क्रममा गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो । तमाङ कामको शिलशिलामा काठमाडौं पुगेका बेला एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशंकामा मध्यपुर थिमि अस्पतालले गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारी रिफर गरेको थियो ।
तमाङलाई हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो शल्यक्रिया गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

तमाङको निधनको खवरपछि गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । अन्दाजी ५५ वर्षिय तमाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय तमाङ कांग्रेस र माओवादीको गबन्धनबाट विजयी भएका थिए । उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।
दोलखा अपडेट बाट साभार

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.